• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो फ्याटी लिभर?

64x64
नेपाल लाइभ सोमबार, फागुन १३, २०७५  १८:४६
1140x725

हिजोआज धेरै मानिस युएसजी (भिडियो एक्सरे) गर्दा  फ्याटी लिभर (कलेजोमा बोसो) देखियो भनेर अस्पताल आउने गरेको पाइन्छ। 

के हो त फ्याटी लिभर?

सामान्य बुझाइका लागि फ्याटी लिभर भनेको कलेजोमा बोसो जमेको अवस्थालाई बुझ्न सकिन्छ। 

के यो सामान्य हो या कुनै नराम्रो रोगको लक्षण हो?

धेरैजस्तो अवस्थामा फ्याटी लिभर सामान्य जस्तो लाग्न सक्ला, तर यसलाई हेलचेक्राइँ गर्नु हुँदैन। चिकित्सक, पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सल्लाह गर्दा राम्रो हुन्छ। कतिपय अवास्थामा, यो भविष्यमा हुन सक्ने नराम्रो रोगको पहिलो लक्षण पनि हुन सक्छ।

के कारणले हुन्छ फ्याटी लिभर?
१.    रक्सीको सेवन,
२.    मोटोपना, 
३.    अस्वस्थ खानपीन (विलाशी 18),
४.    शारीरिक व्यायाममा कमी,
५.    मधुमेह,
६.    रगतमा नराम्रो बोसोको मात्र धेरै हुँदा,
७.    हेपाटाइटिस सी,
८.    कलेजो बिग्रिनु अगाडिको एकदमै पहिलो लक्षण, 
९.    कतिपय अवास्थामा लामो समयसम्म दीर्घकालीन रोगका लागि प्रयोग भइरहेका औषधिले पनि समस्या ल्याउन सक्छ।

फ्याटी लिभर भएपछि के-के हुन्छ? 

१.    फ्याटी लिभरलाई कलेजो रोगको पहिलो लक्षण मान्न सकिन्छ। यो अवस्थामा मान्छे बाहिरबाट हेर्दा एकदमै सामान्य हुन सक्छ। उसको कलेजोको रगत (एलएफटी) को रिपोर्ट सामान्य नै हुन सक्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२.    स्टिटोहेपाटाइटिसिलाई रोगको दोस्रो चरण मान्न सकिन्छ। यसमा भिडियो एक्सरे गर्दा फ्याटी लिभर देखिनुका साथै कलेजो सुन्निन्छ, फुल्छ।

लक्षणहरू 

कसै-कसैलाई खाना मन नलाग्ने, बान्ता हुने, मुख मिठो नहुने, आलस्य हुने, कमजोरी, पहेलो पिसाब, आँखाबाट पहेलोपना सुरू भएर शरीरको अन्य भागमा देखा पर्ने (जन्डिस) पनि देखिन सक्छ। करङमुनिको दाहिने भाग कोखा दुख्ने पनि हुन सक्छ।

परीक्षण
१.    एलएफटी– रगतबाट कलेजो जाँच्दा हाइ बिलिरुबिन, हाइ एएलटी/एएसटी।
२.    युरिन आरई, एमई– पिसाबमा खराबी।
३.    रगतमा बोसोको मात्र उच्च हुन सक्छ (हाइ टिजी, हाइ कोलेस्टेरोल, हाइ एलडिएल)।
४.    ब्लड सुगर, युरिक एसिड उच्च हुन सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसको समयमै रोगको कारण, निदान र उपचार नगरे कतिपय अवास्थामा रोग बढेर कलेजो बिग्रने अवस्था आउन सक्छ। कलेजो बिग्रेर कलेजो फेलियर भएमा त्यसलाई सिरोसिस (लिभर सिरोसिस) भनिन्छ। सामान्य भाषामा यसलाई लिभर फेलियर भनेर बुझ्न सकिन्छ। तर, सफल उपचार गरे बिरामी पहिलेको जस्तै सामान्य अवस्थामा आउन सक्छ। 

लिभर सिरोसिस हुने मुख्य कारण के-के हुन्?

१.    कम्तिमा १० वर्षदेखि नियमित रक्सी सेवन।
२.    क्रोनिक हेपाटाइटिस (बी, सी) - रगतबाट, असुरक्षित यौन सम्पर्कबाट, आइभी ड्रग एब्युज, आमाबाट सन्तानमा।
३.    फ्याटी लिभर भई स्टिटोहेपाटाइटिस हुँदै रोगको उपचार नगर्दा र रोग बढ्दै जाँदा।

लिभर सिरोसिसका लक्षण

१. जन्डिस रहिरहने (आँखाबाट पहेँलोपना सुरू भएर शरीरको अन्य भागमा देखा पर्ने र बढ्ने र पहेँलो पिसाब जाने)।
२. खान मन नलाग्ने, बान्ता हुने, आलस्य हुने, कमजोरी महसुस हुने।
३. खुट्टा सुनिन्ने, फुल्ने।
४. पेट फुल्ने वा पेट ठूलो हुने।
५. छाला र मासु गलेर आउने।
६. बिरामी पातलो-दुब्लो हुँदै जाने।
७. केटा मान्छेको स्तन बढेर आउने।

लिभर सिरोसिस भयो भने के-के समस्या आउन सक्छन्? 

१.    पेटमा पानी जम्नाले पेट फुलेर आउने, सास फेर्न गाह्रो हुने। 
२.    खुट्टा फुलेर, सुन्निएर काम गर्न, हिँड्न गाह्रो हुने।
३.    मुखबाट बान्तामा रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने।
४.    बोली लटपटिने, बेला-बेलामा होस गुमाउने, दिनमा सुत्ने, रातमा बर्बराउने।
५.    पिसाब आउन कमी हुने।

माथि उल्लेखित कुनै पनि समस्या देखा परेमा तुरुन्तै अस्पताल जानुपर्छ। कतिपय अवस्थामा आइसियूमै भर्ना गरेर मात्र उपचार सम्भव हुन सक्छ।

फ्याटी लिभरको उपचार 

१.    चिकित्सक, पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श र सरसल्लाह गर्ने। 
२.    धेरैजसो अवास्थामा, यो समस्याका लागि छुट्टै औषधि प्रयोग गर्नुपर्दैन। 
३.    कलेजोमा बोसो बढ्ने अवस्थाको कारण जे हो, त्यसको उपचार गर्ने। 
४.    वजन घटाउने, हिँडडुल गर्ने, नियमित व्यायाम गर्ने, खानपीनको ख्याल राख्ने।

तर स्टिटोहेपाटाइटिसको अवस्थामा पुगिसकेपछि उचित परामर्श र औषधि प्रयोग गर्नुपर्छ। समयमै उपचार गरे कलेजो बिग्रन पाउँदैन र आफ्नो पुरानो स्वरूपमै कलेजो राम्रो हुँदै जान्छ।

लिभर सिरोसिस भइसकेपछि पेट तथा कलेजो रोग विशेषज्ञसँग नियमित चेकजाँच गराउनुपर्छ। अझ जटिलता नआओस् भनेर उपचार गर्ने र जेजसो जटिलता देखिन्छ त्यसको समयमै उपचार गर्ने। कतिपय अवस्थामा कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नु बाहेक अन्य विकल्प नरहन सक्छ।

यी भ्रम हुन् 

१. लिभर टनिकले फ्याटी लिभर (जन्डिस) को सफल उपचार हुन्छ।
२. लिभर टनिक खाएपछि रक्सी खान हुन्छ। 
३. लिभर टनिक खाएपछि कलेजो बिग्रन्न।
४. बेसार खाएमा कलेजोको रोग, जन्डिस बढ्छ।
५. नुन खानु हुँदैन।
६. जे पनि उमालेको मात्र खानुपर्छ।
७. तरकारी पकाउन थोरै मात्रामा पनि तेल प्रयोग गर्नु हुँदैन। 

कस्तो खानपान अपनाउने

नियमित रक्सी सेवनले जन्डिस हुन सक्ने भएकाले मध्यपान गर्नु हुँदैन। कलेजोले खानामा विशेषगरी चिल्लो र प्रोटिन पचाउने भएकाले कलेजोलाई आराम दिनका लागि माछा-मासु र चिल्लो पदार्थ धेरै नखाने।

पानी प्रसस्त मात्रामा पिउनुपर्छ। पानी उमालेको वा फिल्टर गरेको हुनुपर्छ। मुख नमिठो हुने हुँदा ग्लुकोज पानी, फलफूलको जुस खाने। फलफूल पानीको विकल्प हुनुका साथै तागत पनि दिने भएकाले सकेसम्म प्रसस्त फलफूल खाने। जन्डिस हुँदा सकीनसकी मेवा, उखु खोज्दै हिँड्नुपर्दैन। उखु पेल्ने हात र पानी फोहोर छ भने त्यसले फाइदा होइन बेफाइदा गर्न सक्छ। 

नियमित बिहान-बेलुका दाल-भात-तरकारी खान मिल्छ। तरकारी पकाउन थोरै तेलको प्रयोग गर्न सकिन्छ। तर, तेलमा फ्राइ गरेको, तारेको खाने कुरामा खानु हुँदैन। जंकफुड, फास्टफुड, मःमः, चाउमिन जस्ता बाहिरका खाना खानु हुन्न। यसैगरी, कोक/फेन्टा जस्ता पेय पदार्थबाट पनि टाढै बस्नुपर्छ।

(पेट तथा कलेजो रोग विशेषज्ञ डा भट्टराई ग्यास्ट्रो केयर प्रालि पोखरामा कार्यरत छन्)

प्रकाशित मिति: सोमबार, फागुन १३, २०७५  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्