देहरादुन- आयरल्यान्डविरुद्धको तीन खेलको टी-२० सिरिज अफगानिस्तानले क्लिनस्विप गरेको छ। भारतको देहरादुनमा खेलिएको सिरिजको तेस्रो खेलमा ३२ रनको जित हात पार्दै अफगानिस्तानले सिरिज ३-० ले क्लनस्पिप गरेको हो।
तेस्रो खेलमा अफगानिस्तानले दिएको २ सय ११ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७८ रन मात्र बनाउन सक्यो। उसका लागि केभिन ओब्राइनले ४७ बलमा ७४ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। किनकी अफगानिस्तानका रासिद खानले ह्याट्रिक विकेट मात्र लिएनन् आफूले गरेको ४ बलमा ४ विकेट लिए।
रासिदले १६ ओभरको अन्तिम बलमा केभिनलाई आउट गरेका थिए। १८ ओभरको पहिलो बलमा डकरेललाई १८ रनमा आउट गरेका रासिदले दोस्रो बलमा गेटकेटलाई २ रनमा सिकार बनाउदै ह्याट्रिक पूरा गरे। तेस्रो बलमा सिमी स्मिथलाई एलबिडब्लूको धरापमा पारेपछि रासिदले ४ बलमा ४ विकेट लिन सफल भए।
त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन जोड्यो। उसका लागि मोमहद नाबीले ३६ बलमा ८१ रन जोडे। उनले ६ चौका र ७ छक्का हिर्काएका थिए। उनी नै खेलको म्यान अफ दि म्याच भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।