विसाखापट्टनम्- घरेलु टिम भारतविरुद्धको २ खेलको टी-२० सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले रोमाञ्चक जित हात पारेको छ। अस्ट्रेलियाले आइतबार राति भएको खेलमा भारतमाथि ३ विकेटको जित हात पारेको हो।\
भारतले दिएको १ सय २७ रनको लक्ष्य अस्ट्रेलियाले ७ विकेटको क्षतिमा अन्तिम बलमा पूरा गरेको थियो। अन्तिम ओभरमा १४ रन चाहिएको स्थितिममा पाट कमिङग्स र रिचार्डसनले १-१ चौकासहित पहिलो ५ बलमा १२ रन जोडेका थिए। अन्तिम बलमा २ रन लिँदा अस्ट्रेलियाले रोमाञ्चक जित हात पार्यो।
त्यसअघि अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४३ बलमा ५६ रन जोडे। उनले ६ चौका र २ छक्का हिर्काएका थिए। यस्तै ओपनर डिआर्ची सर्टले पनि ३७ रनको योगदान दिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २६ रन जोड्यो। भारतका लागि लोकेश राहुलले ५० रन, कप्तान विराट कोहलीले २४ र महेन्द्रसिंह धोनीले २९ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए। बलिङमा अस्ट्रेलियाका रिचार्डसनले ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।