म्याड्रिड- स्पेनिस ला लिगमा रियल म्याड्रिडले लेभान्तेलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा रियलले लेभान्तेलाई २-१ गोलले पराजित गरेको हो।
रियलका लागि बेन्जीमालि खेलको ४३ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे। तर ६० मिनेटमा मार्टीले लेभान्तेका लागि बराबरी गोल फर्काए। ७८ मिनेटमा रियलले फेरि पेनाल्टिको अवसर पायो। यसपटक गारेथ बेलले गोद्य गर्दा लिभरपुल २-१ ले अघि रह्यो।
खेलमा दुवै टिम १०-१० खेलाडीमा सीमित भएका थिए। ८६ मिनेटमा रियलका नाचो दोस्रो पहेँलो कार्ड पाउदै मैदान छाड्न बाध्य भएका थिए। २ मिनेटपछि लेभान्ते पनि १० खेलाडीमा सीमित बन्यो। उसका रोचिनाले दोस्रो पहेँलो कार्ड पाएका थिए।
अर्को खेलमा एट्लेटिको म्याड्रिडले भिल्लारियलाई २-० ले पराजित गरेको छ।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ। दोस्रो स्थानको एट्लेटिकोको ५० र तेस्रो स्थानको रियलको ४८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।