• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १५, २०८२ Sun, Mar 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एकदिवसीय मान्यताको निर्णय विश्वकप छनोटपछि, नेपालको सम्भावना कति ?

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ११, २०७४  ११:१७
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले एसोसिएट टिमलाई प्रदान गर्ने अस्थायी एकदिवसीय मान्यताको निर्णय सन् २०१८ मा हुने एकदिवसीय विश्वकप छनोटपछि गर्ने भएको छ। एकदिवसीय विश्वकप छनोट मार्च २०१८ मा जिम्बाबेमा हुँदै छ।

आइसिसीले सन् २००५ देखि एसोसिएट राष्ट्रलाई अस्थायी एकदिवसीय टिमको मान्यता दिन थालेको थियो। आइसिसीले ६ टिमलाई अस्थायी एकदिवसीय टिमको मान्यता दिने गरेको छ। हाल भने अस्थायी एकदिवसीय मान्यता पाएका चार टिम मात्र छन् । जसमा स्कटल्यान्ड,  युएई, हङकङ र पपुवा न्युगिनी छन्।

केहि महिनाअघि सम्म अस्थायी मान्यता भएका अफगानिस्तान र आयरल्यान्ड स्थायी सदस्यमा बढुवा भएपछि दुई टिमको ठाउँ खाली भएको हो।

स्कटल्यान्ड, युएई, हङकङ र पपुवा न्युगिनीलाई एकदिवसीय विश्वकप छनोट प्रतियोगितासम्म मात्र अस्थायी एकदिवसीय मान्यता छ। आइसिसीले विश्वकप छनोटमा गरेको प्रदर्शनको आधारमा सन् २०१८ मार्चपछि अस्थायी एकदिवसीय मान्यता प्रदान गर्नेछ।

विश्वकप छनोटमा खेल्ने १० टिममध्ये ४ टिम स्थायी मान्यताप्राप्त छन् । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको विजेताले स्वत: एकदिवसीय मान्यता पाउनेछ। यसर्थ विश्वकप छनोटमा ५ टिम एकदिवसीय मान्यता प्राप्त हुनेछन्। बाँकी ५ एसोसिएट टिमबीच अस्थायी एकदिवसीय मान्यताका लागि प्रतिस्पर्धा हुनेछ। ५ टिममध्ये कति टिमले अस्थायी एकदिवसीय मान्यता पाउनेबारे आइसिसीले अहिलेसम्म निर्णय गरिसकेको छैन।

विश्वकप छनोटमा आयोजक जिम्बावेसहित वेस्ट इन्डिज, अफगानिस्तान र आयरल्यान्डले प्रतिस्पर्धा गर्दै छन्। यस्तै, डब्लुसिएल च्याम्पियनसिपबाट नेदरल्यान्ड्स र पपुवा न्युगिनीले स्थान बनाइसकेका छन् । छनोटमा प्रतिस्पर्धा गर्ने ४ टिमको टुंगो लाग्न बाँकी छ। 

नेपालको सम्भावना कति ? 

अस्थायी एकदिवसीय टिमको मान्यताका लागि एकदिवसीय विश्वकपको छनोटमा स्थान बनाउनुपर्ने हुन्छ। डब्लुसिएल च्याम्पियनसिपबाट एकदिवसीय विश्वकपमा छनोट हुन चुकेको नेपालका लागि अन्तिम विकल्प बाँकी छ। नेपालले डिभिजन–२ को शीर्ष दुई स्थान हात पारे मात्र अस्थायी एकदिवसीय मान्यताको ढोका खुल्नेछ। 

Ncell 2
Ncell 2

फेब्रुअरीमा नामिबियामा हुने डिभिजन–२ मा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, क्यानडा र ओमानले खेल्ने पक्का भइसकेको छ। डब्लुसिएल च्याम्पियनसिपको शीर्ष चारभित्र पर्ने दौडमा रहेका स्कटल्यान्ड, हङकङ र केन्यामध्ये १ टिम डिभिजन–२ मा झर्नेछ। 

नेपालले अस्थायी एकदिवसीय टिमको मान्यता पाउन डिभिजन–२ मा शीर्ष २ स्थानमा परेर मात्र पुग्दैन। विश्वकप छनोटमा ५ एसोसिएट टिममध्ये राम्रो नतिजा निकाल्नुपर्नेछ। 

नेदरल्यान्ड्सको सम्भावना बढी 

आइसिसीले सन् २०१९ मा आयोजना गर्ने भनेको एकदिवसीय लिगमा १३ टिमबीच प्रतिस्पर्धा हुनेछ। जहाँ १२ स्थायी सदस्य र एक एसोसिएट टिमबीच प्रतिस्पर्धा हुनेछ। आइसिसीले डब्लुसिएल च्याम्पियनसिपको विजेता टिमलाई एकदिवसीय लिगमा सहभागी गराउनेछ। नेदरल्यान्ड्स डब्लुसिएल च्याम्पियनसिपको उपाधि नजिक रहेकाले उसले एकदिवसीय लिग खेल्ने सभ्भावना बलियो छ। 

डिसेम्बरमा हुने डब्लुसिएल च्याम्पियनसिपको अन्तिम चरणमा नेदल्यान्ड्सले नामिबियालाई हराएमा एकदिवसीय लिगमा स्थान पक्का गर्नेछ भने एकदिवसीय टिमको स्वत: मान्यता पाउनेछ।

यता अन्तिम चरणमा नेपालले युएइसँगै प्रतिस्पर्धा गर्दैछ। दुवै टिम डिभिजन–२ मा झरेकाले खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ। खेल ६ र ८ डिसेम्बरमा अबुधावीको शिख जायेद रंगशालामा हुनेछ। 

अस्थायी मान्यता कसले पाए, कसले गुमाए ?

आइसिसीले सन् २००५ देखि ६ वटा एसोसिएट टिमलाई अस्थायी एकदिवसीय टिमको मान्यता दिन थालेको हो। आइसिसीले अस्थायी मान्यता ४ वर्षको लागि दिने गरेको छ। अस्थायी मान्यता दिने आधार एकदिवसीय विश्वकप छनोटलाई मान्दै आइएको छ। तर, यदाकदा आइसिसीका प्रतियोगितामा उत्कृष्ट खेल्ने टिमलाई पनि अस्थायी मान्यता दिने गरिएको छ।

स्कटल्यान्डले सन् २००६ देखि अस्थायी एकदिवसीय टिमको मान्यता पाएको थियो। युएई, हङकङ र पपुवा न्युगिनीले भने सन् २०१४ मा एकदिवसीय मान्यता पाएका हुन्। यो मान्यता विश्वकप छनोट प्रतियोगितासम्मका लागि हो। 

यसअघि अस्थायी मान्यता पाएका अफगानिस्तान र आयरल्यान्ड भने स्थायी सदस्यमा बढुवा भइसकेका छन्। अफगानिस्तानले सन् २००९ तथा आयरल्यान्डले सन् २००६ मा पहिलो पटक अस्थायी एकदिवसीय टिमको  मान्यता पाएका थिए। 

केन्याले सन् १९९७ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो। सन् २०१४ को विश्वकप छनोटमा खराब प्रदर्शनपछि केन्याको मान्यता खोसिएको थियो। क्यानडाले पनि सन् २००६ देखि २०१४ सम्म एकदिवसीय मान्यता पाएको थियो। बर्मुडाले सन् २००६ देखि सन् २००९ सम्म ३ वर्ष अस्थायी एकदिवसीय टिमको मान्यता पायो। सन् २००६ मा पहिलो पटक अस्थायी एकदिवसीय टिमको मान्यता पाएको नेदरल्यान्ड्सको मान्यता सन् २०१४ मा खोसियो।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०७४  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेको मुद्दामा सुनुवाइ जारी, आज निर्णय आउन सक्ने
पूर्व प्रधानमन्त्री केपी ओलीलाई अस्पतालबाटै 'भर्चुअल' रुपमा अदालत उपस्थित गराइँदै
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को?
सम्बन्धित सामग्री
सिंहदरबारको सुरक्षा तयारीबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल ओमप्रकाश अर्याल को अध्यक्षतामा बसेको बैठकमा सुरक्षा तयारी, ट्राफिक व्यवस्थापन तथा संसद् सम्बन्धी कार्यक्रमलाई लक्षित गर्दै आवश्यक सम... आइतबार, चैत ८, २०८२
स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ पक्राउ पर्नेमा विरगञ्ज महानगरपालिका-१७ मा बस्ने ५० बर्षका बिनय शंकर साह रहेका छन् । उनलाई सोहि नगरपालिकाको १६ नम्बर वडामा रहेको भन्स... शुक्रबार, चैत ६, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले नागार्जुन नगरपालिका-८ भिमढुङ्गाबाट साेही ठाउँका २८ वर्षीय सागर गिरी र २८ वर्षकै प्रमोद प्रसाद... सोमबार, चैत २, २०८२
ताजा समाचारसबै
रवि लामिछानेको मुद्दामा सुनुवाइ जारी, आज निर्णय आउन सक्ने आइतबार, चैत १५, २०८२
पूर्व प्रधानमन्त्री केपी ओलीलाई अस्पतालबाटै 'भर्चुअल' रुपमा अदालत उपस्थित गराइँदै आइतबार, चैत १५, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
२०४८ सालदेखि सार्वजनिक पद धारण गरेका नेता, उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्दै सरकार शनिबार, चैत १४, २०८२
ओली–लेखक पक्राउमा कांग्रेसको आपत्ति, तर न्यायिक प्रक्रियामा विश्वास शनिबार, चैत १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल-इरान युद्धमा हुथीको प्रवेश: इजरायली सैन्य अखडामा ब्यालिस्टिक मिसाइल प्रहार शनिबार, चैत १४, २०८२
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात शनिबार, चैत १४, २०८२
बलात्कार आरोपमा एमालेका पूर्व सां‍सद मल्ल बलात्कार पक्राउ शनिबार, चैत १४, २०८२
एमाले प्रदर्शनकारीले तोडे प्रहरी ब्यारिगेट, माइतीघर तनावग्रस्त शनिबार, चैत १४, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्