लन्डन– इ्ंग्लिस प्रिमियर लिगमा टोटनह्याम पराजित भएको छ। लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामलाई वर्नलीले २–१ गोलले पराजित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ मिनेटमा बर्नलीले उडको गोलबाट अग्रता लियो। तर टोटनह्यामका लागि ह्यारी केनले ६५ मिनेटमा बराबरी गोल फर्काए।
८३ मिनेटमा बर्नेसले गोल गरेपछि वर्नलीले खेलमा दोस्रो पटक अग्रता लियो।
लिगको अन्य खेलमा न्युकासलले हडर्सफिल्डलाई २–० र क्रिस्टर प्यालेसले लेस्टर सिटीलाई ४–१ ले हराएका छन्। वर्नमाउथ र वुल्भ्सबीचको खेल १–१ को बराबरीमा सकियो।
लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको २७ खेलबाट ६५ अंक छ। एक खेल कम खेलेको लिभरपुलको पनि ६५ अंक नै छ। तेस्रो स्थानको टोटनह्यामको २७ खेलबाट ६० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।