काठमाडौं- त्रिशूलीमा रात्रिबस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। राजविराजबाट काठमाडौं आउँदै गरेको ना६ख १४६७ नम्बरको बस बिहान ५ बजे धादिङको गजुरी गाउँपालिकास्थित घाटबेँसी मोडबाट त्रिशूली नदीमा खसेको थियो।
बिहानैदेखि उद्धारमा खटिएको प्रहरी टोली र गोताखोरले १९ शव फेला पारेका हुन्। उद्धार गरिएका १६ जनाको भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताए।
अझै केही यात्रु बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ। अहिले उनीहरुको खोजीसँगै बस निकाल्ने प्रयास भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।