पेरिस – फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले अपराजित यात्रा कायमै राखेको छ। पिएसजीले शुक्रबार राति भएको खेलमा निसलाई ३–० ले पराजित गरेको हो।
खेलमा पिएसजीका स्टार स्ट्राइकर नेइमार थिएनन्। गत सोमबार भएको मार्सेलीविरुद्धको खेलमा नेइमारले रातो कार्ड पाएका थिए। रातो कार्डपछि उनी निसविरुद्ध मैदान उत्रन पाएनन्।
निसविरुद्ध जित दिलाउन अर्का स्ट्राइकर इडिन्सन काभानीले तेस्रो र ३१ मिनेटमा गोल गरे। उनले दुवै गोल एन्जल डि मारियाको पासमा गरेका थिए। काभानीले पछिल्ला १० खेलमा ११ गोल गरिसकेका छन्। ५२ मिनेटमा डान्टेले आत्मघाती गोल गरेपछि पिएसजी ३–० ले अघि बढ्यो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको पिएसजीले ११ खेलबाट २९ अंक जोडेको छ। दोस्रो स्थानको मोनाकोको २२ अंक छ। मोनाकोले एक खेल कम खेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।