काठमाडौं– सामाखुसीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
बिहान महाराजगञ्जबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको बा४ख८४०७ नम्बरको बसले नयाँबसपार्कबाट महाराजगञ्जतर्फ जाँदै गरको बा५५प२९९ नम्बरको मोटसाइकललाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि ग्रिनसिटी अस्पताल लगिएको थियो। उनको अस्पतालमै बिहान साढे ७ बजे मृत्य भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएका चालकको नाम खुल्न सकेको छैन। बस चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।