काठमाडौ - गायक धर्मेन्द्र सेवनको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै 'कता हिँडेकी' बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा गायक सेवानकै शब्द तथा संगीत सुन्न सकिन्छ।
लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रुपमा रहेका धर्मेन्द्रले सार्वजनिक गीतले केही वर्षदेखिको एकल गायनको अभावलाई पूरा गर्ने वश्वास व्यक्त गरे। उनले भने, 'मैले अहिलेसम्म जति गीत गाएँ त्यो मेरो बुबाको युगको थियो। अहिले यस गीतलाई युवा पुस्तामा लक्षित गरेर तयार गरेको छु।'
उमन वाइवाले तयार पारेको गीतको भिडियोमा नायिका नम्रता सापकोटा, गायक स्वयम् र 'टिम चिटिक्क' को अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।