काठमाडौं– नेपालमा अन्तर्राष्ट्रिय थिएटर फेस्टिबल हुने भएको छ।
आयोजक समूहले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् रंगमञ्चका समूहलाई एउटै थलोमा ल्याउने उदेश्यले फेस्टिबल गर्न लागेको जानकारी गराएको हो।
फेब्रुवरी २५ मा उद्घाटन हुने उक्त फेस्टिबलमा २६ तारिखदेखि नाटकहरू मञ्चन हुनेछन्। फेस्टिबलमा नेपाल लगायत ८ वटा देश सहभागी हुनेछन्।
फेस्टिबलमा २८ वटा नाटक मञ्चन हुनेछन्। मार्च ४ सम्म हुने फेस्टिबलमा दैनिक ४ वटा नाटक मञ्चन हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार मण्डला थिएटरमा साँझ ६ बजे, कोसी थिएटरमा दिउँसो ३ बजे, गोठालोे थिएटरमा दिउँसो साढे ४ बजे र कीर्तिपूर थिएटरमा दिउँसो १ बजे नाटक हेर्न सकिने छ।
फेस्टिबलमा नेपालबाट १२ वटा नाटक समावेश गरिएका छन्। फेस्टिबलमा नाटकको फरक फरक साँस्कृतिक विषयमा दैनिक कार्यशाला र बहस समेत हुने निर्देशक राजन खतिवडाले बताए।
फेस्टिबलले रंगमञ्चहरूमा जमेर बसेको इगोलाई पखाल्ने र राम्रो सोचको विकासलाई अगाडि बढाउने काममा भूमिका खेल्ने निर्देशक खतिवडाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।