जनकपुर- अज्ञात समूहले आज बिहान सिरहाको लहानमा विभिन्न राष्ट्रिय पत्रिका जलाएका छन्। लहानस्थित सीता नोवेल न्यूज सेन्टर अगाडि बिक्रीका लागि राखिएको कान्तिपुर दैनिक, द काठमाडाैं पोस्ट, साप्ताहिक, हेल्लो शुक्रबारलगायतका करीब ४ सय प्रति पत्रिका जलाइएकाे हो।
'पसल खोल्न बिहान पुग्दा पत्रिका जलिरहेको थियो', पसल सञ्चालक दिनेश देवले भने, 'कसले र किन पत्रिका जलायो यसबारेमा केही थाहा भएन।'
यता इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए। केही दिनअघि सीता नोवेल पसलका लागि आएको कान्तिपुर, काठमाडौं पोस्टलगायतका पत्रिका चोरीसमेत भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।