लिभरपुल– इंग्लिस लिग लिडर लिभरपुलका प्रशिक्षक जुर्गेन क्लबलाई ४५ हजार पाउन्ड (६६ लाख ८४ हजार बढी रुपैयाँ) जरिवान गरिएको छ।
फुटबल एसोसिएसनले उनलाई रेफ्रीको विषयमा नियमविपरित टिप्पणी गरेको भन्दै जरिवान गराउने निर्णय गरेको हो।
उनले केहि साताअघि वेस्ट ह्यामविरुद्धको खेलमा रेफ्री केभिन फ्रेन्ड्सको निर्णयको विषयमा टिप्पणी गरेका थिए। सो खेल १–१ को बराबरीमा सकिएको थियो। उनले लिभरपुलले गरेको गोल अफ साइड थियो भनेका थिए। 'मैले सुने हाम्रो गोल अफसाइड थियो। मलाई लाग्छ रेफ्रीलाई पनि त्यो थाहा छ,' उनले भनेका थिए।
फुटबल एसोसिएसनले उनलाई रेफ्रीको विषयमा अनावश्यक टिप्पणी गर्न नपाइने नियमअनुसार जरिवान तिराएको बताएको छ।
गत ४ फेब्रुअरीमा भएको खेलमा साडियो मानेले पहिले गोल गरेर लिभरपुललाई अग्रता दिलाएका थिए। तर जेम्स मिल्नार अफसाइड पोजिसनमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।