काठमाडौं– कैलालीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल) टिम काठमाडौं गोल्डेन्सका खेलाडी अंकित दबासको बलिङ अवैधानिक भएको डिपएलले जनाएको छ।
उनको बलिङबारे अनफिल्ड अम्पायरलाई दुई पटक उजुरी परेको छ। उजुरी पछि भिडियो हेर्दा उनको बलिङ अवैधानिक पाइएको हो। उनको अब उनलाई डिपिएलका बाँकी खेलमा बलिङका लागि प्रतिबन्ध लगाइएको छ।
उनले डिपिएलका समूह चरण र पहिलो क्वालिफायर गरी ५ खेल खेलसकेका छन्। दिल्लीका २६ वर्षी खेलाडी दबासले डिपिएलको आफीनो पहिलो खेलमा धनगढीविरुद्ध १ विकेट लिएका थिए।
त्यसपछि उनले महेन्द्रनगरविरुद्ध २ विकेट, रुपन्देही च्यालेन्जर्सविरुद्ध १ विकेट र समूह चरणको अन्तिम खेलमा अत्तरियाविरुद्ध भने विकेट लिन सकेका थिएनन्।
पहिलो क्वालिफायरअन्तर्गत अत्तरियाविरुद्ध भने उनले २ विकेट लिएका थिए।
अब उनले शुक्रबार महेन्द्रनगर युनाइटेडविरुद्धको दोस्रो क्वालिफायरमा बलिङ गर्न पाउने छैनन्। ब्याटिङका लागि भने उनी उपलब्ध हुनेछन्। उनले जारी प्रतियोगितामा अहिलेसम्म १ अर्धशतक प्रहार गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।