ब्रिङ्टाउन– घरेलु टिम वेस्ट इन्डिज विरुद्धको पाँच खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले कीर्तिमानी जित हात पारेको छ।
बुधबार अबेर राति सकिएको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि ६ विकेटको जित हात पारेको हो।
वेस्ट इन्डिजले दिएको ३ सय ६१ रनको लक्ष्य इंग्ल्यान्डले ८ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पार गर्यो। जससँगै इंग्ल्यान्डले एकदिवसी खेलमा लक्ष्य पारको नयाँ रेकर्ड बनायो।
इंग्ल्यान्डको जितमा ओपनर जासन रोएले १ सय २३ रन र जोए रुटले १ सय २ रन जोडे। रोएले ८५ बलमा १५ चौका र ३ छक्का हिर्काए। जोए रुटले ९७ बलमा ९ चौका प्रहार गर। जससँगै रुटले एकदिवसीय खेलमा ५ हजार रन पूरा गरे। उनी एकदिवसीय खेलमा ५ हजार रन पूरा गर्ने चौथो इंग्लिस खेलाडी हुन्।
बलिङमा वेस्ट इन्डिजका जासन होल्डरले २ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ८ विकेटको क्षतिमा ३ सय ६० रन जोड्यो। वेस्ट इन्डिजका लागि ओपनर क्रिस गेलले १ सय ३५ रन जोडे। गेलले १ सय २९ बलमा ३ चौका र १२ छक्का प्रहार गरेका थिए। साइ होपको ६४ रन पनि वेस्ट इन्जिका लागि महत्वपूर्ण सावित भयो। डिएम ब्राभोले ३० बलमा ४० रन र जासन होल्डरले १२ बलमा १६ रनको योगदान दिए। बलिङमा इंग्ल्यान्डका बेन स्टोक्स र अदिल रसिदले ३–३ विकेट लिए। क्रिस ओएक्सको नाममा २ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।