म्याड्रिड– युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले इटालियन च्याम्पियन युभेन्ट्सलाई हराएको छ। एट्लेटिकोले बुधबार भएको अन्तिम १६ को पहिलो लेगमा युभेन्ट्समाथि २–० को जित हात पारेको हो।
एट्लेटिकोका लागि मारियो जिमेनेजले ७८ र डिएगो गोडिनले ८३ मिनेटमा गोल गरेका थिए।
त्यसअघि एट्लेटिकोका अल्भारो मोराटाको गोललाई भिडियो एसिस्टेन्ड रेफ्रीले अमान्य घोषित गरिदिएका थिए। मोराटाको अर्को प्रहारलाई युभेन्ट्सका मारियो मान्जुकिकले हेडमार्फत छेकेका थिए।
एट्लेटिकोका स्ट्राइकर डिएगो कोस्टा र मिडफिल्डर थोमस पर्टी तथा युभेन्ट्सका लेफ्ट ब्याक एलेक्स सान्दोले आगामी १२ मार्चमा टुरिनमा हुने दोस्रो लेग गुमाउने भएका थिए। तीनै जनाले तेस्रो खेलमा पहेँलो कार्ड पाएका थिए।
समग्रमा छैटौं र लगातार चौथो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने अभियानमा रहेका युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गर्ने सुन्दर मौका खेर फालेका थिए। उनले ३५ यार्ड टाढाबाट हानेको फ्रिकिकलाई एट्लेटिकोका गोलकिपरले रोकेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।