साल्के– इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको छ। सिटीले बुधबार राति भएको अन्तिम १६ को पहिलो खेलमा जर्मन क्लब साल्केमाथि ३–२ को जित निकालेको हो।
साल्केले दुवै गोल पेनाल्टीबाट गरेको थियो। खेलको ३८ मिनेटमा पहिलो पेनाल्टीमा गोल गरेका बेन्टालेबले ४५ मिनेटमा दोस्रो गोल पेनाल्टीबाट गरेका थिए।
त्यसअघि सर्जियो अग्युरोले १८ मिनेटमा गोल गरेर सिटीलाई अग्रता दिलाएका थिए। ६८ मिनेटमा ओटामेन्डी दोस्रो पहेँलो कार्ड पाउदै मैदान छाड्न बाध्य भएपछि सिटी १० खेलाडीमा सीमित बनेको थियो।
८५ मिनेटमा लिरोए साने सिटीका लागि बराबरी गोल फर्काउन सफल भए। ९० मिनेटमा रहिम स्टर्लिङले अर्को गोल गरेपछि सिटीले ३–२ को रोमाञ्चक जित हात पार्यो। अब दोस्रो लेग आगामी १२ मार्चमा म्यानचेस्टर सिटीको घरेलु मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।