• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ४, २०८२ Wed, Mar 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

यसरी फेल हुन्छ कलेजो

64x64
नेपाल लाइभ बिहीबार, फागुन ९, २०७५  ०६:३०
1140x725

लिभर सिरोसिसलाई ‘लिभर फेलियर’ भनेर बुझ्न सकिन्छ । सिरोसिस भनेको ‘कलेजो फेल’ भएको अवस्था हो । कलेजो रोगमा क्यान्सरपछि यो दोस्रो गम्भीर समस्या हो । कलेजो ७०–८० प्रतिशतसम्म बिग्रँदा पनि कतिपय अवस्थामा कलेजो रोगको लक्षण वा समस्या नदेखिन सक्छ । नियमित मध्यपान नर्गे र कलेजो बिग्रँदै गरेको व्यक्तिको केही महिनाअघि गरिने जाँच पनि सामान्य देखिन सक्छ । कसैकसैलाई रोगको सुरुवातीमा कमजोरी महसुस हुन सक्छ । छिट्टै थकाइ लाग्ने, काम गर्न गाह्रो हुने, हातखुट्टा गलेर आउने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन सक्छ ।

किन हुन्छ लिभर सिरोसिस? 

१. कम्तिमा १० वर्षदेखि नियमित मध्यपान गर्ने वा हप्तामा ४ दिनजसो मदिरा सेवन गर्ने व्यक्तिको कलेजो बिग्रने हुन्छ । हाम्रो समाजमा भने ९०–९५ प्रतिशत लिभर सिरोसिसको कारण रक्सीको नियमित सेवन नै हो ।

२. हेपाटाइटिस बी र सी इन्फेक्सन लामो समयदेखि उपचार नगरेमा । रगत, असुरक्षित यौन सम्पर्क, आमाबाट सन्तानमा, लागूऔषध, प्रयोग भइसकेको सुइ साटफेर आदि माध्यमबाट हेपाटाइटिस हुनेगर्छ । हिजोआज लामो समयदेखि हेपाटाइटिस बी र सी भएर कलेजो बिग्रेका बिरामीको संख्या पनि बढ्दो मात्रामा छ । 

३. अन्य कारणहरु : मधुमेह, मोटोपना, कलेजोमा बोसोको मात्र (फ्याटी लिभर) आदि ।  

लिभर सिरोसिसका लक्षण

१.जन्डिस रहिरहनु, 

२. खान मन नलाग्नु, बान्ता हुनु, 

Ncell 2
Ncell 2

३. आलस्य र कमजोरी मससुस हुनु,

४. खुट्टा सुनिन्नु वा फुल्नु,

५. पेटभित्र पानी जमेर पेट फुल्नु अर्थात् पेट ठूलो हुनु,

६. छाला, मासु गलेर आउनु,

७. चाँडो थकाइ लाग्नु,

८. शरीर दुब्लाउँदै जानु,

९. केटा मान्छेको स्तन बढ्नु, 

१०. बान्ता गर्दा रगत देखिनु,

११. दिसामा रगत देखिनु, दिसा कालो हुनु,

१२. पिसाबमा कमी आउनु,

१३. बोली लटपटिनु, बेला–बेलामा होश गुम्नु, 

१४. दिउँसो निद्रा लाग्नु, राति बर्बराउनु,

१५. सास फेर्न गाह्रो हुनु, केही पाइलापछि हिँड्न मुस्किल पर्नु, 

१६. चोट लाग्दा रगत बगिरहनु, आदि।

माथि उल्लेखित कुनै पनि लक्षण देखा परेमा तुरुन्तै अस्पताल जानुपर्छ । कतिपय अवस्थामा आइसियूमा भर्ना गरेर मात्र उपचार सम्भव हुन सक्छ ।
कलेजो रोग विशेशज्ञले यस्ता बिरामीलाई देख्नेबित्तिकै रोग पत्तो लगाउन सक्छन। तर कलेजो के/कति बिग्रिएको छ, अरु के–के समस्या छन् भन्ने पत्ता लगाउन चाहिँ केही जाँच गर्नुपर्ने हुन्छ ।

के–के जाँच्ने ? 

१. रगतबाट कलेजो जाँच्दा बिलिरुबिन, एएलटी र एएसटी उच्च हुन सक्छ, 

२. रगतमा हेपाटाइटिस बी र हेपाटाइटिस सी किटाणूको जाँच 

३. पिसाबको जाँच, 

४. रगतमा बोसोको मात्र (उच्च कोलेस्टेरोल, उच्च टिजी),

५. सुगर, युरिक एसिड (उच्च हुन सक्छ), 

६. भिडियो एक्सरे (कलेजो खुम्चिएको, पेटमा पानी जमेको, फियो सुन्निएको आदि), 

७. सिटी स्क्यान (आवश्यकता अनुसार),

८. इन्डोस्कोपी (आवश्यकता अनुसार)

लिभर सिरोसिसको उपचार

सिरोसिस भएका बिरामी जन्डिसको उपचार गर्दै हिँडेको देखिन्छ । जन्डिसको उपचार गर्दैमा यो रोग निको हुँदैन । जन्डिस भनेको कलेजोको खराबी भन्ने बुझिन्छ । यो आफैंमा कुनै रोग होइन।

कलेजो रोगको शंका लागेमा पेट तथा कलेजो रोग विशेषज्ञसँग परामर्श, सल्लाह र नियमित चेकअप गराइरहनुपर्छ । समयमै रोग पत्ता लगाई उपचार गरेमा समस्या बढ्न पाउँदैन । बिरामीलाई बचाउन सकिन्छ, तर, नियमित डाक्टरलाई देखाइरहनु पर्छ । कतिपय अवस्थामा औषधिबाटै लिभर सिरोसिसको पूर्ण उपचार  नहुन सक्छ र कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नुबाहेक अन्य विकल्प बाँकी रहँदैन। 

यसो भन्दैमा, औषधि–उपचार गर्नै नमिल्ने भन्ने होइन । समस्या बढ्न नदिन र कलेजो जति बिग्रियो त्यसलाई थप बिग्रिन नदिन केही औषधि प्रयोग गरिन्छ । तर रक्सी सेवन बन्द गर्नुपर्छ, धूमपान गर्नु हुँदैन । हेपाटाइटिस बी र सीबाट पीडित सिरोसिसका बिरामीले डाक्टरको सल्लाह अनुसार पहिले एन्टिभाइरल औषधि खानुपर्छ । खुट्टा सुन्निएको, पेट फुलेको अवस्थामा पिसाब लाग्ने औषधि सेवन गर्नुपर्छ भने दिसा पातलो गर्ने झोल औषधि ‘लेक्टुलोज’को प्रयोग गर्नुपर्ने हुन्छ। 

कस्तो खाने कुरामा ध्यान दिने ? 

१. लिभर टनिक खाँदा जन्डिस, हेपाटाइटिस निको हुन्छ, रक्सी सेवन गर्न मिल्छ र कलेजो बिग्रँदैन भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।

२. रक्सी पटक्कै सेवन गर्नु हुँदैन । कलेजोलाई आराम दिन माछा, मासु, फ्राई गरेको, चिल्लो आदिको सेवनमा  कमी ल्याउनुपर्छ ।

३. जन्डिस मात्र हुँदा पानी ज्यादा पिउन भनिन्छ । तर, सिरोसिस भइसकेपछि अत्यधिक पानी पिउनु हुँदैन, जति पिसाब लाग्छ त्यसको अनुपातमा पानी पिउनुपर्छ । 

४. मुख नमिठो हुने हुँदा ग्लुकोज  पानी, फलफूलको जुस खान भनिएको हो । फलफूलको जुस पिउँदा पानीको विकल्प हुनुका साथै तागतिलो पनि हुन्छ । सकी नसकी मेवा, उखु खोज्दै हिँड्नु पर्दैन। उखु पेल्ने हात र पानी फोहोर छ भने उल्टो बेफाइदा गर्छ । पानी उमालेको या फिल्टर गरेको हुनुपर्छ।

५. नियमित बिहान–बेलुका खाने दाल–भात खान मिल्छ। तरकारी बनाउँदा प्रयोग हुने प्याज भुट्न चाहिने जति तेल पनि प्रयोग गर्न सकिन्छ। 

६. जंक फुड (चाउचाउ, चिप्स आदि), फास्ट फुड (मःम, चाउमिन, पिज्जा आदि) र कोक फेन्टा जस्ता कोल्ड ड्रिंक खानु हुँदैन । 

७. सिरोसिस भएका बिरामीमा प्रोटिनको कमी हुने भएकाले उसिनेको अन्डाको सेतो भाग दिनमा ३ देखि ५ वटासम्म, भटमास, चना, केराउको सातु आदि खान सकिन्छ ।

(ग्यास्ट्रोलोजिस्ट हेपाटोलोजिस्ट डा भट्टराई पेट तथा कलेजो रोग उपचार केन्द्र पोखरामा कार्यरत छन्)

प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  ०६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन पेस
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
गृहमन्त्रीसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन पेस मंगलबार, चैत ३, २०८२
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने मंगलबार, चैत ३, २०८२
रास्वपाको जनादेश प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प सोमबार, चैत २, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्