काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले गायक पशुपति शर्माले युट्युबमा राखेको ‘लुट्न सके लुट’ बोलको गीत सरकारले हटाउन नलगाएको स्पष्टीकरण दिएका छन्।
आज सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले उक्त गीत हटाउन सरकारले दबाब नदिएकाे स्पष्ट पारेका हुन्।
‘एक जनाले गीत गाउनु भयो ‘लुट्न सके लुट’ भनेर, युट्युबमा राखेपछि जनताले रुचाएनन्। जनताले विरोध गरेपछि स्वयम् उनैले हटाए’, उनले भने, ‘तर, प्रतिपक्षी दलका नेताले नै त्यो गीत गाउनेलाई पुरस्कार दिने घोषणा गर्छु भन्दा हामी कस्तो समाज खोजीरहेका छौं भन्ने चिन्ता लाग्यो।’
उनले नचाहिने कुरालाई प्रोत्साहित नगर्न आग्रह पनि गरे। ‘सरकारले त्यो गानाबारे केही बोलेको छैन’, उनले भने।
याे पनि पढ्नुहाेस्:
मेरा कुरा अध्ययन गर्नुस्, हिसाब-किताब अर्को भेटमा
निर्मला हत्याबारे प्रधानमन्त्री : कुनै घटनामा यसरी प्रमाण नष्ट गरिन्छन्, अपराधी पत्ता लगाउन सकिन्न
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।