काठमाडौं- लामो विवादपछि दाङ क्षेत्र नम्बर २ मा माओवादीका वरिष्ठ नेता तथा पूर्व परराष्ट्रमन्त्री कृष्णबहादुर महराले टिकट पाएका छन्।
शुक्रबार बसेको वाम गठबन्धनको बैठकमा महरालाई प्रतिनिधिसभाको निर्वाचनमा उठाउने सहमति भएको हो । यसअघि नेकपा एमालेका नेता शंकर पोखरेलले उक्त क्षेत्र दाबी गर्दै आएका थिए । पोखरेललाई पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीको साझा उम्मेदवार बनाउने दुई दलबीच सहमतिपछि उनी पछाडि हटेका छन्।
यसअघि गठबन्धनबाट अन्य क्षेत्रमा मुख्यमन्त्रीको उम्मेदवार तय भए पनि ५ नम्बरमा बाँकी थियो । लामो समय नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पकड क्षेत्र रहेको दाङमा स्थानीय तह निर्वाचनमा अधिकांश तहमा एमालेले जित हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।