• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख ६, २०८३ Sun, Apr 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

राखेपको ४१ सदस्यीय सञ्चालक परिषद् हुने, सदस्य सचिव बन्न स्नातकसहित १० वर्ष खेल क्षेत्रमा लागेको हुनु पर्ने

64x64
नेपाल लाइभ बुधबार, फागुन ८, २०७५  १३:३०
1140x725

काठमाडौं– खेलकुद विकास सन्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ। युवा तथा खेलकुद मन्त्रालयले दर्ता गराएको विधेयकमा राष्ट्रिय खेलकुद परिषद्लाई खेलकुदको विकास गर्ने कार्यकारी संस्थाको रुपमा अघि सारिएको छ।

राष्ट्रिय खेलकुद परिषदको सर्वोच्च निकायको रुपमा सञ्चालक परिषद् रहनेछ। जुन ४१ सदस्यीय हुनेछ।  सञ्चालक परिषदमा युवा तथा खेलकुद मन्त्री अध्यक्ष रहनेछन्। उपाध्यक्ष  खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुर्याएका मध्येबाट एक जना नियुक्त गरिनेछ। यस्तै ७ वटा मन्त्रालयक सचिव पनि सदस्य रहनेछन्। जसमा खेलकुद, रक्षा, गृह, अर्थ, शिक्षा विज्ञान तथा प्रविधि, संस्कृति पर्यटन तथा नागरिक उड्यन  र सहरी विकास मन्त्रालय सचिव रहेका छन्।

यस्तै विश्वविद्यालयमध्येबाट खेलकुद सम्बन्धि प्राध्यापक परिषद्ले सिफारिस गरेका प्राध्यापक १ जना, खेलकुद मन्त्रालयको खेलकुद महाशाखाका सहसचिव,  प्रत्यके प्रदेशबाट खेलकुद विकाससँग सम्बन्धित संस्थागत संरचनाका प्रमुख ७ जना र  खेलकुद विकासमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित व्यक्तिहरु मध्यबेट प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी ७ जना  सदस्य हुने व्यवस्था छ।

यसैगरी खेलकुद विज्ञ, प्रशिक्षक, खेलकुद प्राविधिक, एन्टीडोपिङ विज्ञमध्येबाट कम्तिमा २ जना महिला गरी ४ जना,  नेपालका ख्याति प्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रि पूर्वखेलाडीबाट कम्तिमा एक जना महिलासहित ३ जना, पारा ओलम्पिक तथा स्पेशल ओलम्पिक खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी कम्तीमा १ महिला सहित २ जना, संघको विधान बमोजिम निर्वाचित संघका पदाधिकारी वा सदस्यमध्येबाट कम्तीमा २ महिलासहित ४ जना, उद्योग वाणिज्य क्षेत्रको प्रतिनिधित्व गर्ने महासंघ वा संघहरुका अध्यक्ष मध्येबाट १ जना, परम्परागत सहासिक र पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरी १ जना  र सदस्य सचिव गरी सञ्चालक समिति ४१ सदस्य हुनेछ। सवै सदस्यको पदावधि चार वर्षको हुनेछ। 

उपाध्यक्ष, प्रदेशमा महत्वपूर्ण योगदान गरेका प्रतिष्ठित ७ जना र खेलकुद विज्ञ, प्रशिक्षक, खेलकुद प्राविधिक, एन्टीडोपिङ विज्ञ नेपाल सरकारले मनोनयन गर्नेछ।  विश्वविद्यालयको प्राध्यापक, ख्यातिप्राप्त खेलाडी, पारा खेलाडी,  संघका पदाधिकारी वा सदस्य, उद्योग वाणिज्यका प्रतिनिधि र  परम्परागत सहासिक र पर्यटकीय खेल क्षेत्रका सदस्यको मनोनय मन्त्रीले गर्ने व्यवस्था गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

विधेयकले परिषद्को कार्यकारी निकायको रुपमा ७  सदस्यीय कार्यकारी समिति गठन हुने व्यवस्था गरेको छ। जहाँ सदस्य सचिव संयोजक हुनेछन् भने खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख, परिषद्का सदस्य मध्येबाट कम्तिमा १ महिलासहित ४ जना र परिषद्को केन्द्रीय कार्यालयको प्रशासन महाशाखाका प्रमुख रहनेछन्।

सदस्य सचिवलाई खेलकुदको कार्यकारी प्रमुखको रुपमा नियुक्त गर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले सदस्य सचिवको पद नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयका सचिव र मन्त्रालयले तोकेको सम्बन्धित क्षेत्रका अन्य दुई जना विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन गर्नेछ।

समितिले नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह उत्तीर्ण र खेलकुदको क्षेत्रमा कम्तीमा दश वर्ष काम गरेको वा खेलकुद क्षेत्रको राष्ट्रिय  पहिचान बनाएको नेपाली नागरिकहरु मध्येबाट सदस्य सचिव नियुक्तिका लागि तीन जनाको नाम नेपाल सरकारमा सिफारिस गर्नेछ। नाम सिफारिस गर्दा अबलम्बन गर्ने प्रक्रिया तथा समितिको बैठक सम्बन्धि कार्यविधिले सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ। खुला प्रतिस्पर्धाबाट सदस्य सचिव बनाउन वा अन्य विधिबाट गर्ने विषयमा कार्यविधिले स्पष्ट पार्न सक्नेछ।

सिफारिस भएका ३ व्यक्ति मध्येबाट नेपाल सरकारले उपयुक्त ठानेको व्यक्तिलाई सदस्य सचिवको पदमा नियुक्त गर्नेछ। सदस्य सचिवको पदावधि चार वर्षको हुनेछ। अर्को पटकको लागि पुन: नियुक्त हुन सक्नेछ।

राष्ट्रिय सभामा दर्ता भएको विधेयक छलफल पछि पारित हुनु पर्नेछ।  प्रतिनिधि सभा पनि विधेयक दर्ता हुनेछ। प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि ऐनको रुपमा लागु हुनेछ। 

विधेयकको पूर्णपाठ

प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १३:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा सचिवालय बैठक आज, के छन् एजेण्डा ?
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
रास्वपा सचिवालय बैठक आज, के छन् एजेण्डा ? आइतबार, वैशाख ६, २०८३
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर आइतबार, वैशाख ६, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आइतबार, वैशाख ६, २०८३
महोत्तरीमा टेम्पोमाथि रुख खस्दा दुईको मृत्यु, तीन जना घाइते शनिबार, वैशाख ५, २०८३
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटनाः ३ जनाको मृत्यु शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ शनिबार, वैशाख ५, २०८३
देउवा पक्षद्वारा सर्वोच्चको फैसला स्वीकार, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी गगनलाई शनिबार, वैशाख ५, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
बुधबारसम्म ठूलो सम्झौता नभए इरानमा फेरि बमबारी हुने ट्रम्पको धम्की शनिबार, वैशाख ५, २०८३
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्