• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

रोहित चन्द इन्डोनेसियन च्याम्पियन पेर्सिजा जाकर्तामा पुन: आबद्ध हुने

64x64
नेपाल लाइभ बुधबार, फागुन ८, २०७५  १०:३४
1140x725

काठमाडौं– इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पेर्सिजा जाकर्ताले नेपालका मिडफिल्डर रोहित चन्द सम्झौता थप गर्ने भएको छ।

सम्झौताका लागि रोहित बुधबार इन्डोनेसियाका लागि प्रस्थान गर्ने स्रोतले बताएको छ।

यता पेर्सिजाका सिइओ फेरी पाउलसलाई उधृत गर्दै फुटबलको चर्तित न्युज पोर्टल गोल डटकमले रोहितसँग सम्झौता थप हुने लेखेको छ। सिइओ पाउलसका अनुसार प्रशिक्षकले रोहितलाई टिममा फर्काउन चाहेका छन्।

यसअघि रोहितको पोजिसनमा पेर्सिजाले उज्वेकिस्तानका जाखोन्गिर अब्दुमुमिनोभलाई भित्राएको थियो। तर उनको प्रदर्शन कमजोर रहेपछि पेर्सिजाले विकल्प खोजेको हो। 

पेर्सिजा र रोहितबीच सम्झौताको विषयमा समझदारी हुन सकेको थिएन। रोहितले प्रदर्शनअनुसारको तलब मागेका थिए। तर पेर्सिजा सकारात्मक बनेको थिएन। त्यसैले रोहितले पेर्सिजासँग सम्झौता हुन नसकेको नेपाल लाइभलाई बताएका थिए। बीचमा उनले एन्जेटमार्फत अन्य क्लबसँग सम्झौताका लागि कुरा अघि बढाएका थिए। 

'रोहितले पेर्सिजासँग सम्झौता गर्न सहमति जनाएका छन्,' पेर्सिजाका सिइओ पाउलसले भनेका छन्,'रोहित बुधबार जनाखोन्गिरलाई प्रतिस्थापन गर्न बुधबार आइपुग्नेछन्।' रोहितले एएफसी कप खेल्ने पनि पेर्सिजाले जनाएको छ।

यता इन्डोनेसियाको चर्चित न्युज पोर्टल बोला डटकमले पनि रोहित र पेर्सिजाबीच मौखिक रुपमा सहमति भइसकेको उल्लेख गरेको छ।  पेर्सिजाले रोहितलाई सम्झौता पठाइसकेको बताइएको छ भने त्यसमा हस्ताक्षर मात्र हुन बाँकी छ।

इन्डोनेसियानको लिग आगामी अप्रिलबाट सुरु हुँदैछ। अहिले इन्डोनेसियन कपका खेलहरु भइरहेका छन्। लगत्तै प्रेसिडेन्ट कप सुरु हुँनेछ।

Ncell 2
Ncell 2

यसअघि रोहित र पेर्सिजाबीच ३१ डिसेम्बर २०१८ मा सम्झौता सकिएको थियो। २०१७ पेर्सिजनामा मासिक ३ हजार ५ सय अमेरिकी डलरमा अनुबन्धित भएका थिए। त्यससँगै उनी सबैभन्दा धेरै कमाउने नेपाली फुटबल खेलाडी हुन सफल भएका थिए।

गत सिजनको सुरुवातमा इन्डोनेसिया प्रेसिडेन्ट कप जितेको पेर्सिजाले २०१८ को इन्डोनेसिया लिग वान पनि जित्न सफल भएको थियो। पेर्सिजनाको उपाधिमा रोहितको भूमिका उत्कृष्ट रहेको थियो। जसकारण उनले २०१८ लिग-१ को सर्वोत्कृष्ट खेलाडीको उपाधि समेत जिते। एसएम माकारसारका विलियम जान प्लुइम र पेर्सेबाया सुराबायाका डेभिड डा सिल्भालाई पछि पारेर पेर्सिजा जाकर्तामा आबद्ध रोहितले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारेका थिए।

सिजनमा चन्दले पेर्सिजालाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले लिगमा ३१ खेल खेल्दै ३ गोल गरे। उनले ३४ खेल मध्ये ३ खेल खेल्न पाएनन्।

रोहितले यसअघि सन् २०१३ देखि २०१५ सम्म पेर्सिजाबाटै खेलेका थिए। यस्तै रोहित २०१७ फेरि पेर्सिजामा आबद्ध भएका थिए।

एन्फा एकेडेमिका उत्पादन रोहितले सन् २००९ मा व्यवसायिक फुटबल खेल्न सुरु गरेका थिए। मच्छिन्द्र क्लबमा आवद्ध भएर करिअर सुरु गरेका उनी पहिलो सिजनमै उत्कृष्ट डिफेन्डर घोषित भए। मच्छिन्द्र त्यो सिजनमा ब्रिटिश गोर्खा कपको सेमिफाइनल सम्म पनि पुगेको थियो। मच्छिन्द्रमा मासिक १ लाख ५० हजार रुपैयाँमा आबद्ध रोहित सर्वाधिक पारिश्रमिक पाउने नेपाली फुटबलरका भएका थिए।

रोहित सन् २०१० मा भारतीय क्लब हिन्दुस्तान एरोनोटिक्स् लिमिटेड एससीमा अनुबन्धित भए। क्लबले रोहितलाई मासिक १ लाख २८ हजार रूपैयाँमा अनुबन्ध गरेको थियो।

२०१२ मा रोहित इन्डोनेसिया पुगे। त्यतिबेला उनले एफसी पेकन्बरूमा सम्झौता गरेका थिए। एक सिजन इन्डोनेसियामा खेलेपछि उनी एफसी भेस्ट्स्जेल्याण्डमा आबद्ध भए। त्यहाँ ६ महिना बिताएपछि रोहित इन्डोनेसियाको पेर्सिजा जार्कतामा आवद्ध भएका थिए। २ सिजन जार्कतामा बिताएपछि रोहितले सन् २०१५ मा मलेसियन क्लब टि–टिम एफसी र २०१६ मा मनाङ मस्याङ्दी क्लबबाट खेले।

प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप
काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थग
राष्ट्रिय सभाको निर्वाचन सुरु
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप आइतबार, माघ ११, २०८२
काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थग आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभाको निर्वाचन सुरु आइतबार, माघ ११, २०८२
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो आइतबार, माघ ११, २०८२
तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्