लियोन– युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस महारथी बार्सिलोनालाई फ्रेञ्च क्लब लियोनले बराबरीमा रोकेको छ।
अन्तिम १६ को पहिलो लेगको खेलमा लियोनले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो।
लियोनको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २५ प्रहार गर्दा पनि गोल गर्न सकेन। बार्सिलोनाका लिओनल मेसी, लुइस सुआरेज र फिलिप काउटिन्होका प्रहारलाई लियोनका गोलकिपर एन्थोनी लोपेजले विफल पारिदिएका थिए।
खेलमा लियोनले पनि पाएको अवसर गुमायो। मार्टिन टेरियरको लङ रेन्ज प्रहारलाई बार्सका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनको प्रहारले असफल पारेका थिए।
बार्सिलोनाले पहिलो चार मिनेटमै २ वटा सुन्दर मौका खेर फालेको थियो। उस्मान डेम्बेलेको प्रहारले गोलपोस्टको दिशा लिन सकेन भने मेसीको फ्रिकिक पनि सफल भएन।
अब दोस्रो लेग आगामी १३ मार्चमा बार्सिलोनाको घरेलु मैदान नेउ क्याम्पमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।