लिभरपुल– युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पहिलो खेलमा इंग्लिस लिग लिडर लिभरपुल गोलरहित बराबरीमा रोकिएको छ। लिभरपुललाई उसैको घरेलु मैदान एनफिल्डमा जर्मन क्लब वायर्न म्युनिखले गोलरहित बराबरीमा रोकेको हो।
खेल लिभरपुलले नियन्त्रण गरेपनि फिनिसिङमा भने पटक–पटक चुक्यो। साडियो मानेले पहिलो हाफमा पाएको मौका खेर फालेका थिए। पेनाल्टी एरियामा अनमार्क रहेका उनको प्रहार आकासिएको थियो।
यस्तै जोएल माटिमले पनि सिक्स यार्डबाट गोल गर्न चुकेका थिए। उनलाई रोबर्टो फिर्मिनोले पास उपबल्ध गराएक थिए।
जर्मन च्याम्पियन वायर्नले दोस्रो हाफमा डिफेन्समा सुधार ल्याएको थियो। ८५ मिनेटमा मानेको हेडरले थोरैले गोल पोस्टको दिशा लिएन। त्यसमा वायर्नका डिफेन्डरले मानेलाई दबाब दिँदा सहि स्थानमा बल जान सकेनर
अब दोस्रो लेग आगामी मार्च १३ मा वायर्नको घरेलु मैदानमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।