नयाँ दिल्ली (एजेन्सी)– टिम इन्डियाका प्रभावशाली बलर जसप्रित बुमराहको तुरुस्त अनुहार भएका एक व्यक्ति पाकिस्तानमा फेला परेका छन्।
विश्व–११ विरूद्ध लाहौरमा पाकिस्तानले खेलेको टि–२० खेलमा बुमराहको जस्तो अनुहार भएको एक दर्शक देखा परेपछि उनीसँग फोटो खिच्नेको लाइन लागेको थियो। आफ्नो गालामा पाकिस्तानको झन्डा अंकित लोगो बनाएर उनी गद्दाफी रंगशालामा प्रवेश गने क्रममा उनलाई देखेर सबै चकित परेका थिए।
उनको तस्बिर सोशल मिडियामा सार्वजनिक भएपछि उनलाई ‘बुमराहको भाई’ भन्दै सम्बोधन गर्नेको भीड लागेको थियो।
पाकिस्तानी समर्थकले सोशल मिडियामा लेखेका छन्, ‘धन्यबाद जसप्रित बुमराह। पाकिस्तानमा आएर विश्व–११ र पाकिस्तानबीचको खेल हेरेको हुनाले। तपाई सधै पाकिस्तानको ठूलो प्रतिस्पर्धामा समर्थन गर्नुहुन्छ। पाकिस्तानको तर्फबाट प्रेम र धन्यबाद।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।