एजेन्सी– इण्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुने भएको छ।
मंगलबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार महेन्द्रसिंह धोनीको चेन्नई र विराट कोहलीको बेंग्लोरबीच चिदम्बरम रंगशालामा आगामी मार्च २३ मा खेल हुने भएको हो।
पहिलो दुई साताको खेल तालिका अनुसार हरेक टिम कम्तिमा ४ खेल खेल्नेछन्। जसअनुसार १७ खेल हुनेछन्। बेंग्लोर र दिल्लीले भने ५–५ खेल खेल्नेछन्। जसमा दिल्लीले ३ खेल घरेलु मैदानमा खेल्नेछ।
भारतमा हुने आम निर्वाचनका कारण खेल तालिका परिवर्तन हुन सक्ने आइपिएलले जनाएको छ।
खेल तालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।