लन्डन– चिरपरिचित प्रतिद्वन्द्वी चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड इंग्लिस एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
म्यानचेस्टरले सोमबार राति भएको खेलमा चेल्सीमाथि २–० को जित निकालेर अन्तिम आठमा स्थान पक्का गरेको हो।
म्यानचेस्टरले दुवै गोल पहिलो हाफमा गरेको थियो। खेलको ३१ मिनेटमा हेरेराले गोल गरेर म्यानचेस्टरलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्तिम मिनेटमा पाउल पोग्बाले म्यानेचेस्टरको अग्रता दोब्बर पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।