काठमाडौं– गाडी दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेशप्रसाद भट्टराईको पनि निधन भएको छ। उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो।
यसअघि माघ ११ गते सोही दुर्घटनामा परी बाराका सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको पनि निधन भएको थियो। एसपी पोखरेलेका घटनास्थलमै निधन भएको थियो भने सिडिओ भट्टराई गम्भीर घाइते भएका थिए।
एसपी र सिडिओ चढेको ना १ झ १६३३ नम्बरको गाडी दुर्घटना परेको थियो। उनीहरु पिकनिक गएर फर्किएका थिए।
गाडी जगतनारायण राउत कुर्मीले चलाएका थिए। उनले नियोजित रुपमा दुर्घटना गराएको आरोप लगाउँदै सिडिओको परिवारले छानबिन गर्नसमेत माग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।