विराटनगर- प्रदेश १ मा ६९औँ प्रजातन्त्र दिवस सोमबारदेखि ३ दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने भएकाे छ। दिवश मनाउनका लागि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय प्रदेश समारोह समिति गठन गरिएको छ।
समितिले तीन दिन सरकारी कार्यालय, औद्योगिक प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र निजी क्षेत्रका प्रतिष्ठानमा दिपावली, प्रभातफेरी, सरसफाइ गर्ने र बाल सुधारगृह तथा कोशी अञ्चल अस्पतालमा फलफूल वितरण गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारले नेपाल पत्रकार महासङ्घ प्रदेश समितिलाई विभिन्न सञ्चारमाध्यममा प्रजातन्त्र र लोकतन्त्रका विषयमा संवाद एवम् अन्तक्रिया कार्यक्रम सञ्चालन गर्न आग्रह गर्ने निर्णय पनि गरेको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले प्रजातन्त्र दिवस मनाउन प्राप्त साधन र स्रोतको उच्चतम प्रयोग गरिने बताए।
यसअघि केन्द्र सरकारले पनि तीन दिन नै देशभर प्रजातन्त्र दिवश मनाउने निर्णय गरेकाे थियाे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।