काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका पूर्वाधार पुर्याएर डोल्पालाई सरकारले सुगम बनाउने बताएका छन्।
डोल्पो समाजले आज आयोजना गरेको ल्होसार पर्वको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुर्खेतको छिन्छुदेखि डोल्पाको त्रिपुरासुन्दरीसम्मको सडकको स्तरोन्ति गरिने बताए। डोल्पामा बाह्रै महिना यातायात सञ्चालन गरिने पनि उनले बताएका छन्।
'डोल्पा मात्र होइन कर्णालीका सबै जिल्लाका विमानस्थलहरुको पनि स्तरोन्नति गरेर कर्णालीलाई सुगम बनाइनेछ,' प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले कर्णालीमा रहेको पातलो बसोबासलाई एकीकृत बस्तीको रुपमा विकास गरिने बताए। 'पातला बस्तीमा भौतिक सुविधा पुर्याउन सकिँदैन, त्यसैले यस्ता बस्तीलाई स्थानान्तरण गरेर एकीकृत बस्तीको रुपमा विकास गरेर सबै विद्यालय, सडक, स्वास्थ्यचौकी, यातायात, खानेपानी जस्ता आधारभूत सुविधाहरु सबैलाई उपलब्ध गराइनेछ,' प्रधानमन्त्री ओलीले भने, 'त्यसपछि कर्णालीको परिचय बदलिनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।