सुर्खेत- कर्णाली सरकारले १ वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ।
शुक्रबार प्रदेश राजधानी सुर्खेतमा पत्रकार सम्मेलन गरी प्रदेश सरकारले गरेका कामका विवरण सार्वजनिक गरको हो।
'कर्णाली प्रदेश सरकार संक्षिप्त वार्षिक प्रगति विवरण सार्वजनिकीकरण कार्यक्रम'मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रगति विवरण सार्वजनिक गरेका हुन्।
एक वर्षे अवधिमा कर्णाली सरकारले योजना निर्माणलाई नै महत्व दिएको सो विवरणमा उल्लेख छ।
प्रतिकूल परिस्थितिमा सन्तोषजनक काम गर्न सरकार सफल भएको दाबी प्रदेश सरकारको छ।
प्रदेशको रणनीतिक महत्वको सुर्खेत जमुनाह-हिल्सा सडक निर्माण पक्रियालाई थालनी गरेको बताएइको विवरणमा योजना आयोग गठन, आवाधिक योजना तर्जुमाको काम अघि बढाइएको लगायत उपलब्धिका फेहरिस्त प्रस्तुत गरिएको छ।
यस्तो छ कर्णाली सरकारले गरेको प्रगति विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।