स्टकहोम– युरोपा लिग फुटबल प्रतियोगिताअन्तर्गत इंग्लिस क्लब चेल्सीले अन्तिम ३२ को पहिलो लेगमा जित हात पारेको छ।
चेल्सीले बिहीबार राति भएको खेलमा स्विडिस क्लब माल्मोलाई २–१ लाई हरायो। स्विडेनमा भएको खेलमा चेल्सीका लागि बार्लेले खेलको ३० मिनेटमा पहिलो गोल गरे। ओलिभर जिरुडले ५८ मिनेटमा अग्रता दोब्बर पारेका थिए। माल्मोका लागि क्रिस्टियनसनले ८० मिनेटमा गोल फर्काएका थिए।
यता अर्को इंग्लिस क्लब आर्सनल भने पराजित भएको छ। आर्सनललाई बुल्गेरियन क्लब बाटे बोरिसोभले १–० ले हरायो। उसका लागि ड्रागनले ४५ मिनेटमा गोल गरे। आर्सनलका लाकाटेजी ८५ मिनेटमा रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।
अन्य खेलमा स्टकटिस क्लब सेल्टिकमाथि स्पेनिस क्लब भ्यालेन्सियाले २–० को जति निकालेको छ। शख्तर डोटेक्स र फ्रान्सफर्टले २–२ को बराबरी खेलेका छन् भने सेभिल्लाले लाजियोलाई १–० र बेनफिकाले गालातासारेलाई २–१ ले हराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।