• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री ओलीका ९ कटाक्ष

\'ह्याप्पी भ्यालेन्टाइन्स डे\'
64x64
नेपाल लाइभ बिहीबार, फागुन २, २०७५  १९:१५
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीको बोली रसिक हुन्छ। कटाक्षका लागि पनि चर्चित छ। सरकारको एक वर्ष पुगेको अवसरमा गरिएको सम्बोधनमा भने त्यस्तो अपेक्षा थिएन। ओली गम्भीर बन्ने र औपचारिक रुपमा प्रस्तुत हुने अपेक्षा थियो। तर, उनले आफ्नो शैलीलाई यसपल्ट पनि निरन्तरता दिए। आफ्ना काममाथि वक्रदृष्टि राख्नेमाथि उनले शब्दका तीखा तीर सिधै छेडे। त्यसमा केही उखान, केही गीत र केही ठट्टा मिसाए। 

कानूनका ९ सिङले उधिनेको लोकतन्त्र
चुनाव जितेपनि आफूले सरकारको नेतृत्व पाउन सहज नभएको सुरुमै सम्झिए प्रधानमन्त्री ओलीले। सरकारको नेतृत्व पाउन ३ महिना लागेको प्रसंग प्रस्तुत गर्न उनले कानूनका ९ सिङले लोकतन्त्रलाई उधिनिरहेको भन्दै विम्बात्मक कटाक्ष प्रस्तुत गरे। आफूलाई सत्ताको नेतृत्व गर्न नदिनेहरूतर्फ लक्ष्यित गर्दै उनले भने, ‘जनताले मिति पुग्यो भनिएकाहरू सकारकामै थिए।

झन्डै दुई तिहाइ जनमतसहित शासनको बागडोर सम्हाल्न तयार रहेको मेरो नेतृत्वको गठबन्धनलाई वैध रूपमा सत्ता हस्तान्तरण गर्न त्यो पक्ष आनाकानी गरिरहेको थियो। ३ महिनादेखि कानूननका ९ वटै सिङले हाम्रो लोकतन्त्रलाई उधिनिरहेको थियो।’ 

आफूले जनमत पाउनुलाई अनर्थका रूपमा बुझेर सत्तामा टाँसिरहन खोजेको दर्शाउँदै कटाक्ष गरे ओलीले, ‘अनर्थ होइन, यो नयाँ जनमत हो। यो त आयो-आयो बुझ्नुहोस् र त्यहीअनुसार बानी बसाल्नुहोस्’ भनेको थिएँ।'

जगमा छाना खोज्ने 
सरकारले पहिलो वर्ष राज्यको संरचनागत व्यवस्थापन र समृद्धिको आधार वर्षका रूपमा लिएको उनले बताए। उनले यो एक वर्ष ५ वर्षका लागि मात्रै नभई भविष्यको पनि आधार वर्षका रूपमा रहेको उल्लेख गरे। 

राजनीतिक स्थिरतालाई समेत समृद्धितर्फको यात्राका रूपमा लिएको बताउँदै उनले आलोचकमाथि प्रहार गरे, ‘जग खन्दा तला र छानाको परिकल्पना गरिन्छ। तर कसैले जगलाई नै हेरेर खै त चोटाकोठा, खै त छाना भन्यो भने कसको के लाग्छ?’

अहिले जसले मैदान सम्याउन र जग बसाल्न अवरोध गरिरहेको छ, त्यसैले ‘खै घर बनाएको’ भनेर प्रश्न समेत गरिरहेकाले 'प्रतिक्रिया' किन दिने भन्दै ‘प्रतिक्रिया’ दिए।

संविधानका प्रावधान ‘यो त सब भन्ने कुरा न हो’ हैन?
यो वर्षको अधिकतम समय कानून निर्माणमा खर्चिएको कुरालाई पुष्टि गर्न उनले रामकृष्ण ढकालको एउटा गीतको सहारा लिए। संविधान बनेपछि आफू ९ महिना नपुग्दै हटेकाले कानून बनाउन दोस्रोपल्ट प्रधानमन्त्री भएकाले कानुन निर्माणमा समय खर्चिनु परेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

'२०७५ भदौ १ गतेबाट मुलुकी ऐन लागू हुनुपर्ने र असोज २ भित्र संविधानको धारा १६ देखि ४८ सम्मका मौलिक हक कार्यान्वयन गर्न कानून निर्माण गर्नुपर्ने थियो। तर, ती कामले आफ्नो सरकारलाई नै पर्खिरहेको थियो।' 

उनले थप पुष्ट्याइँका लागि गीतको सहारा लिए, ‘संविधानमा लेखिएका कुराहरु ‘ ...यो त सब भन्ने कुरा न हो’ भन्ने गीत जस्तो होइन। मेरो नेतृत्वको सरकारले सरदर ५ दिनमा एउटा विधेयक मस्यौदा गरी कानुन निर्माणको लक्ष्य पूरा गर्‍यो।’ 

आफूले सरकारको नेतृत्व सम्हालेपछि मौलिक हकका १६ कानून निर्माण भई कार्यान्वयनमा आएको, २५ कानून संघीय संसद्‍बाट पारित भएको, ४७ नियमावली र ७ गठन आदेश जारी भएको, १ सय ६५ ऐन संशोधन भएको जानकारी उनले गराए।

तथ्यांक बोल्दा प्रगतिले पोल्यो
गत पुस २२ गते प्रतिनिधिसभामा गरेको सम्बोधनमा तथ्यांक उल्लेख गर्दा भावना मात्र सुन्न रुचाउनेहरूले प्रतिप्रश्न गरेको उनले बताए। ती प्रतिप्रश्नलाई उनले सरकारको प्रगतिले पोलेको रुपमा अर्थ्याए। ‘प्रगतिले जसलाई पोलेको थियो, उनीहरूले मिथ्यांकका रूपमा होहल्ला गरे,’ उनले भने, ‘यस्तो सुनिन्थ्यो, नेपाल भन्ने एउटा यस्तो मुलुक छ, जहाँ जनताको नियति भनेकै बिग्रेको, भत्केको, उजाडिएको सुन्नु हो।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तो मुलुकमा आफूले प्रगतिको अङ्क बोलेकाले घोचपेच सहनुपरेको उनको भनाइ थियो।

ल्हासामा सुन छ, कान मेरो बुच्चै
पुर्खाहरूको बौद्धिक क्षमता, नेपालको जैविक, भौगोलिक विविधता र प्राकृतिक स्रोतको सम्पन्नता बारे चर्चा गर्दा नपत्याएको प्रधानमन्त्री ओलीले उल्लेख गरे। एकजना आफ्ना हितैषीले भनेको भन्दै एक उखान सम्झिए उनले, 'ल्हासामा सुन छ, कान मेरो बुच्चै।' 

भाषणले मात्रै केही नहुने बताउँदै उनले आँखाले नदेख्ने हावा पनि आम्दानीको रूपमा उपस्थित हुने दाबी गरे।  आफूले फागुन १ गते मात्रै विश्वस्तरको एउटा बायोसाइन्स कम्पनी उद्घाटन गरेको सम्झिए। उनले भने, ‘त्यसले हावाबाट भाइरस उत्पादन गर्छ र त्यसलाई भ्याक्सिनका रूपमा पोको पारेर विदेश निर्यात गर्छ। त्यसले बायोसाइन्स अध्यन गरेका स्नातकहरूलाई रोजगारी दिन्छ।’

सरकार ९ महिनामा फेरिँदैन, अब बानी फेरौं
केही नेपालीमा एउटा अनौठो बानी रहेको सम्बोधनका क्रममा उल्लेख गरे प्रधानमन्त्रीले। त्यो बानी ९/९ महिनामा नयाँ सरकार हेर्ने रहेको बताउँदै उनले भने, ‘सरकार बनेको ३ महिना चुप लाग्ने, अर्को ३ महिना खै त काम भन्ने र नवौं महिनामा सरकार फाल्ने।’ यस्तो बानी लागेकालाई सरकारले एक वर्ष कामै गरेर बिताएको भन्दा अनौठो लागेको अनुमान आफूले गरेको बताए। उनले ती ९ महिना अनुभवमा आधारित प्रश्नहरुका सार हुन सक्ने भन्दै बानी फेर्न जनतालाई आग्रह गरे, ‘अब सरकार ९ महिनामा फेरिँदैन, बानी फेरौं।’

त्यो तारा मात्रै होइन, जुन पनि झारिदिउँला
नेपालमा पानी जहाज, जल परिवहन र रेल यातायात ल्याउने कुराको आलोचनाको प्रतिक्रियाका लागि मात्र भएको उनले बताए।  यो कुरा पुष्टि गर्ने नारायण गोपाल र अरुणा लामाको गीतको सहायता लिए। ‘के यी हाम्रा योजनाहरु नारायण गोपाल र अरुणा लामाले गाएका गीत जस्तो ‘ ... त्यो तारा मात्रै हैन, जुन पनि झारी दिउँला’ भन्ने जस्तो हो र? 

पदार्थले चेतना दिनेभन्दा वस्तु नदेखी त्यसको आकार आँकलन कमैले गर्न सक्ने उनको भनाइ थियो। ‘हवाइजहाजले धर्ति परिक्रमा गरेको गर्‍यै छ। समुद्रमा जहाज कुदेको कुद्यै छ। नदीहरूको बाटो हुँदै तिनीहरूले फन्को मारिरहेका छन्।

हामी पनि चलाउँ भन्दा सपना किन ठानिन्छ,’ उनले प्रश्न गरे।  आफूले बिहान मात्रै पानीजहाज कार्यालय उद्घाटन गरेको बताउँदै रमाइलोका लागि मात्र पानीजहाज कार्यालय उद्घाटन गरेको नभई वास्तवमा नै पानीजहाज चलाउनकै लागि कार्यालय उद्घाटन गरेको उनको दाबी थियो। 

रोजगार बिनाको रोजगारी, पारिश्रम बिनाको पारिश्रमिक
सरकारले काम गर्नेका लागि अवसर दिइरहेको उनले सम्बोधनका क्रममा बताएका थिए। सहुलियतपूर्ण ऋण, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत उदाहरणका रुपमा प्रस्तुत गरे। सबैलाई रोजगार बनाउन नसकिने कुरालाई उनले रमाइलो तरिकाले प्रस्तुत गरे, ‘रोजगार बिनाको रोजगारी, परिश्रम बिनाको पारिश्रमिक पाउने एउटा सानो झुन्ड त फेरि पनि बाँकी रहन्छ। उनीहरुले धेरथोर हल्ला त गरिरहन्छन् नै।’

ह्याप्पी भ्यालेन्टाइन्स डे
औपचारिक भाषण टुंग्याउँदै गर्दा पनि प्रधानमन्त्री ओलीले रमाइलो शैली फेरेनन्। उनले भने, 'सबै युवालाई ह्याप्पी भ्यालेन्टाइन्स डे।' 

प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न उनले सुनारमाथि महिलामाथि घरेलु हिंसाको आरोप रहेको सांसद चौलागाईंले बताए। बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना पार्टीले एक सार्वजनिक सूचना जारी गर्दै आवश्यक मापदण्ड पूरा गर्ने घर तथा जग्गाधनीहरूबाट औपचारिक प्रस्ताव आह्वान गरेको हो। बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) सातै प्रदेशका मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्