काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्ष कामको आधार वर्ष भएको बताएका छन्।
सरकारको एक वर्षे कार्यकालको उपलब्धि सुनाउने क्रममा आफ्नो एक वर्षे कार्यकाल आधार र व्यवस्थापनको वर्ष भएको उल्लेख गरे।
तीन तहका सरकारलाई आवश्यक मात्रामा बजेट विनियोजन गरेको उनले सम्बोधनमा उल्लेख गरेका थिए।
विदेशी लगानीको मात्रा घटेको भन्दै सरकारको आलोचना बढिरहेका बेला ओलीले उल्लेख्य मात्रामा विदेशी लगानी भित्रने वातावरण बनेको दाबी गरेका थिए।
विदेशी मुद्राको सञ्चिति सन्तोषजनक रहेको समेत उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।