काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलवन स्टार्स अस्ट्रेलियाको बाग बास लिग (बिबिएल) को फाइनलमा प्रवेश गरेको छ।
मेलवर्नले बिहीबार भएकोपहिलो सेमिफाइनलको खेलमा होबर्ट हुरिकेन्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
होबर्टले दिएको १ सय ५४ रनको लक्ष्य मेलवर्नले ७ बल बाँकी छदा ४ विकेटको क्षतिमा पार गर्यो। उसका लागि कप्तान ग्लेन म्याक्सवेलले नटआउट ४३ रन र सेव गोचले नटआउट ३३ रन बटुले। म्याक्सवेलले ३३ बलमा ४ चौका हान्दा गोचले २२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको होबर्टले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ जोड्यो। उसका लागि बेन म्याकडर्मोटले ५३ रन जोड्दा डिआर्ची सटले ३५ र जर्ज बेलीले ३७ रन बटुले।
बलिङमा ड्यानियल वोर्नलले ४ विकेट लिए। एडम जाम्पा र डिजे ब्राभोले १–१ विकेट हात पारे। सन्दीप लामिछानेले भने विकेट लिन सकेनन्। उनले ४ ओभरमा ३१ रन दिँदा ३ चौका बेहोरे।
अब मेलवर्नले उपाधिका लागि सिड्नी सिक्सर्स र मेलवर्न मेलवर्न रेनेगेड्सबीचको विजेतासँग खेल्नेछ। उपाधिका लागि आइतबार प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।