काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ।
धनगढीको फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.३ ओभरमा ७ विकेटको क्षतिमा ८२ रन जोड्दा पानी पर्न सुरु गरेको थियो। त्यसपछि खेल हुन नसक्दा दुवै टिमले अंक बाँडे।
खेलमा विराटनगरका लागि ओपनर असद पठानले १९ रन जोड्दा अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए। बलिङमा महेन्द्रनगरका सागर ढकालले ३ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।