काठमाडौं– प्रेम दिवसको अवसरमा ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशले संगीत दिएका छन्।
सानिध्य खनाल र स्मिता दाहालको आवाज रहेको उक्त गीत ‘शरद २’ एल्बममा समावेश छ।
गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका छन् भने श्री पाण्डे र जितेन श्रेष्ठ फिचर्ड छन्।
उक्त एल्बममा सार्वजनिक भएको गीतसहित ७ वटा गीत समावेश छ।
डेढ दशक भन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गीतकार शैलेन्द्र शरद हाल सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरिक्षक समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।