काठमाडौं– जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठ २५ हजार घुससहित पक्राउ पक्राउ गरेको छ।
जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार टोलीले उनलाई घुससहित पक्राउ गरेको हो।
मातक्षेलाई दरवार स्क्वायर नजिक स्विट होम रेष्टुरेन्ट एण्ड क्याफेबाट नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।