मुम्बई (एजेन्सी)– सलमान खान यति बेला ‘एक था टाइगर’ को सिक्वेल फिल्म ‘टाइगर जिन्दा हे’ मा व्यस्त छन्। लगत्तै उनी आफ्नो सुपरहिट फिल्म ‘दबंग’ को तेस्रो शृंखलाको सुटिङ गर्दैछन्।
‘दबंग’ को दुईवटा शृंखलामा उनी पुलिस अफिसर चुलबुल पाण्डेको भूमिकामा निकै चर्चित बनेका थिए। निर्माता अरबाज खानले ‘दबंग’ को सिक्वेलको पटकथा लेख्ने काम भइरहेको बताएका छन्।
उनले अघिल्लो वर्षको मध्यमा फिल्मको सुटिङ पनि सुरु भइसक्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।