काठमाडौं– उनीहरु चाहन्थे, प्रेम खुल्लम् खुला थियो तर बिहेको कर्मकाण्ड चाँहि परिवारको वृत्तमा मात्रै सीमित होस्।
तर त्यस्तो भएन। अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले सुटुक्क गरेको भनिएको बिहेका तस्बिर सामाजिक सञ्जालमा छाइहाले। प्रेम पारखीहरुले सबैभन्दा मानक दिन ठान्ने ‘भ्यालेन्टाइन डे’ का दिन कलिउडको यो जोडी लगनगाँठोमा बाँधिएको हो।
बिहेका बेला खिचाइएका तस्बिरमा वर्षा र संजोग प्रफुल्लित देखिन्छन्।
मिडियालाई टाढै राखेर काठमाडौंको पाँचतारे होटल र्याडिसनमा भएको बिहेमा वर्षा र संजोगका निकट आफन्तहरु मात्र उपस्थित भएका छन्।
झण्डै ८ वर्षअघि फिल्म ‘सरी ल’ को अडिसनको क्रममा वर्षा र संजोगबीच चिनजान भएको थियो। यो जोडीले ‘एउटा यस्तो प्रेम कहानी’ नामक फिल्ममा सँगसँगै अभिनय पनि गरेको छ।
बिहेको दोस्रो दिन अर्थात् फागुन ३ गते बिहे भोजको कार्यक्रम तय गरेका छन् जहाँ फिल्मकर्मी, मिडियाकर्मी र उनीहरुका आफन्तहरुलाई निम्त्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।