काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अवैध लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ का ४८ वर्षीय टेकबहादुर तामाङ छन्।
महाशाखाको टोलीले उनको साथबाट लागुऔषध आइस मेथामेन्टमाइन ५१ ग्राम बरामद गरेको छ। खुसिबु क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधार खटिएको प्रहरी टोलीले उनलाई बिहीबार पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।