म्याड्रिड – स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा रियल म्याड्रिड विजयी भएको छ। तेस्रो चरणको पहिलो लेगमा रियलले फिउलाब्राडालाई २–० ले पराजित गरेको हो। खेलमा रियलले स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई आराम दिएको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियलले दोस्रो हाफमा पेनाल्टीमार्फत २ गोल गर्यो। ६३ मिनेटमा मार्को एसेनसियोले गोल गरेर रियललाई अग्रता दिलाए। रियलका हाकिमीलाई फ्रान गर्सियाले फल गरेरपछि रियलले पेनाल्टीको अवसर पाएको थियो।
८० मिनेटमा रियलले अर्को पेनाल्टी पायो। पाको क्यानडेलाले थियो हर्नान्डेजलाई डरलाग्दो फल गरेपछि प्राप्त पेनाल्टीमा लुकास भाज्क्युले गोल गरे।
क्यानडेलालाई भने रेफ्रिले दोस्रो पहँलो कार्ड देखाउँदै मैदान बाहिर पठाए। खेल सकिन एक मिनेट बाँकी छदा रियल पनि १० खेलाडीमा सीमित बन्यो। रियलका जेसस भालेजोलाई रेफ्रिले सिधा रातो कार्ड देखाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।