जनकपुर– जनकपुरमा आज साँझ भएको सडक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ।
जनकपुर उपमहानगरपालिका कुवा १२ मा दुर्घटना हुँदा धनुषाको धनौजी गाउँपालिका बस्ने ३५ वर्षीय समिम अन्सारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जनकपुरबाट धनौजीतर्फ जाँदै गरेको ज ११ प २०७७ नम्बरको मोटर साइकल र जनकपुर तर्फ आउँदै गरेको ज १ त ७३११ नम्बरको ट्याकर श्याम चोकमा एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो।
मृतकको मोटर साइकल चालकको सव पोष्टमार्टमकालागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार भएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक साहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।