जनकपुर- जिल्ला समन्वय समिति महोत्तरीले जिल्लाभरका क्रसर बन्द गराएको छ। समितिको बुधबार बसेको बैठकले बुधबारदेखि नै तत्कालका लागि सबै क्रसर उद्योग बन्द गराउने निर्णय गरेको हो।
अवैध रुपमा सञ्चालित क्रसर उद्योगले चुरेभावर क्षेत्र दोहन गरेर कुरुप बनाएको गुनासो उठेपछि जिल्ला समन्वय समितिले क्रसर उद्योगीहरुलाई उद्योगको आधार प्रमाण पेस गर्न पत्राचार गरेको थियो।
अनुगमन समितिले गत पुसमै ७ दिनभित्र समन्वय समितिको कार्यालयमा उद्योगको कागजपत्र पेश गर्न निर्देशन दिएको थियो।
दुई महिना बित्न लाग्दा पनि उद्योगीहरूले पत्रको उत्तर पठाएनन्। ‘क्रसरवलाहरूले महोत्तरीका नदीमा अवैध दोहन गरिरहेका जनगुनासो छ,’ जिल्ला समन्वय समितिका प्रवक्ता सुदीपकुमार झाले भने, ‘क्रसर बन्दको निर्णयले परेको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।’
महोत्तरीमा चार दर्जनभन्दा बढी क्रसर सञ्चालन छन्। जसमा धेरै जसो अवैध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।