काठमाडौं (एजेन्सी)– उदित नारायण झा लता मंगेशकर अवार्डबाट विभूषित भएका छन्। भारत मध्य प्रदेशको प्रतिष्ठित मानिएको राष्ट्रिय लता मंगेशकर अवार्डका लागि विहिबार तीन जना गीतसंगीत क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो। जसमा २०१२ का लागि उषा खन्ना, २०१५ का लागि उदित र २०१७ का लागि अनु मलिकलाई सम्मानित गरिएको हो।
अर्थमन्त्री जयन्त मलैयाले एक कार्यक्रमबीच यी गायक तथा संगीतकारलाई विभूषित गरेका थिए। आफूलाई अवार्डबाट सम्मानित गरेपछि उदितले भने, ‘मध्य प्रदेशले म सम्मान गरेकोमा निकै खुसी लागेको छ। यसमा पनि लता मंगेशकरको नाममा सम्मान पाउनु सरस्वतीको आर्शीवाद पाए सरह हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।