• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

वडाध्यक्षले कुटेकाे भन्दै पुनर्निर्माण रोकेर १४ जिल्लाका प्राविधिक आन्दोलनमा

स्थानीय भन्छन्- इन्जिनियरले दुःख दिए, न्याय पाऊँ
64x64
नेपाल लाइभ बुधबार, फागुन १, २०७५  १०:१६
1140x725

-नवीनबाबु अधिकारी/रासस

सिन्धुली- घ्याङ्लेख गाउँपालिका–५, शान्तेश्वरीका भूकम्पपीडितले इन्जिनियरले काम नगर्दा आफूहरुले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन्। पुनर्निर्माणमा संलग्न इन्जिनियरसहित प्राविधिकले यतिबेला सिन्धुलीसहित १४ भूकम्पप्रभावित जिल्लाका पुनर्निर्माणको काम ठप्प पारेका छन्।

सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–५ वडामा कार्यरत सवइन्जिनियर रणबहादुर रानालाई घ्याङ्लेख गाउँपालिका–५ का वडाध्यक्ष विष्णुकुमार कर्माचार्यले कुटपिट गरेको भन्दै उनीमाथि कारबाहीको मागसहित सबै प्राविधिक आन्दोलनमा उत्रेका हुन्।

माघ २४ गते वडाध्यक्ष कर्माचार्यले आफूलाई कुटपिट गरेको भन्दै प्राविधिक रानाले शान्तेश्वरीस्थित प्रहरीचौकीमा निविदेन दिएपछि प्राविधिक अहिले वडाध्यक्षलाई कारबाही हुनुपर्ने अडानमा छन्।

जनप्रतिनिधिहरूले प्राविधिकले काम गरेनन् भनेर आराेप लगाइरहेका छन् भने प्राविधिकहरू वडाध्यक्षले कुटपिट गरेकाले काम गर्ने वातावरण नभएको बताउँदै आएका छन्। उता लाभग्राहीले भने घर बनाइए पनि इञ्जिनीयरका कारण किस्ता नपाएकाे गुनासाे गरेका छन्। शान्तेश्वरी जिल्लाको विकट उक्त वडाका ४ सय ५ भूकम्पपीडित जनप्रतिनिधि र कर्मचारीको आरोप प्रत्यारोपका कारण समस्यामा परेका छन्।

घटनाको वास्ताविकता बुझ्न गएका पत्रकारकाे टाेलीलाई भूकम्पपीडितलाई विभिन्न बहानामा दुःख दिने, प्राविधिक गाउँमा नबस्नेलगायत समस्या रहेको भूकम्पपीडितले बताए।

माघ २४ गते प्राविधिक रणबहादुर रानाले १५ भूकम्पपीडितको नामावली टाँसेपछि वडाध्यक्षसँग विवाद भएको भूकम्पपीडितको भनाइ छ। प्राविधिक रानाले घरको नमूना देखाइ सोही अनुसारको काठे घर बनाउन भूकम्पपीडितलाई नमूना दिएपछि लाभग्राहीको सूचीमा समावेस भएका १५ भूकम्पपीडितले काठको घर बनाएका थिए। 'तर, पछि रानाले नै ती घर पास नहुने भनेपछि वडाकार्यालयमा नै प्राविधिक र लाभग्राहीबीच विवाद सुरु भएको हो', प्रत्यक्षदर्शी स्थानीय कृष्णबहादुर घलानले भने।

'भूकम्पमा परेको घर बनाइयो, इन्जिनियरलाई घर हेरिदिन आग्रह गर्दा मान्नुभएन, फोटो खिचेर ल्याउनु भन्नुभयो, मैले फोटो ल्याएँ, पहिला त्यही फोटो हुन्छ भन्नुभयो, पछि तेस्रो पटकसम्म फोटो ल्याउँदा पनि घर पास भएन, एकप्रति फोटो धुलाएको एक सय रुपैयाँ पर्छ, फोटो खिच्दा मात्रै ३ हजार रुपैयाँ सकियो', घलानले भने, 'इन्जिनियरले घर पनि हेर्न नमानेपछि वडाध्यक्षले हामी जनप्रतिनिधि हाैं, तपाईंले जनतालाई दुःख दिन पाउनुहुन्न, समस्या के हो सल्टाउनुस् भनेपछि इन्जिनियर आफैं वडाध्यक्षलाई तह लगाउने भनेर यहाँबाट हिँड्नुभयो र रामपुर बजारमा गएर वडाध्यक्षले आफूलाई कुट्यो भन्नुभएछ। यो झुट हो, तर इन्जिनियरले हामीलाई दुःख दिएका छन्, कति दिन दुःख पाउने तपाईंहरुले नै न्याय दिनुपर्‍यो।'

Ncell 2
Ncell 2
nimb
nimb

'काठको घर बनाएर घर पास नहुने भन्ने सूची टाँसेपछि विवाद सुरु भएको हो', अर्का पीडित कमल कर्माचार्यले भने, 'वडाध्यक्षले प्राविधिकलाई काम गर्न भनेपछि विवाद सुरु भयो, प्राविधिकले एउटा कागज ल्याएर यसमा सही गर्न भन्नुभयो तर, वडाध्यक्षले म गर्दिन भनेपछि उहाँ कार्यालयबाट हिँड्नुभयो, म पनि काठको घरको फर्म भर्न आएको थिएँ, अहिलेसम्म घर बनाउन त परै भयो फारम नै भर्न पाइएको छैन, जनतालाई दुःख दिने, काम नगरिदिने, आन्दोलन मात्र गर्ने हो भने हामी पनि आन्दोलन गर्छौं।'

राजकुमार भोलन, हीरालाल श्रेष्ठ, रुपबहादुर विश्वकर्मा, धनबहादुर बल, सेतीमाया विश्वकर्मालगायत धेरै भूकम्पपीडितले प्राविधिकले काम नगरिदिँदा आफूहरु झन पीडित भएकोे गुनासाे गरे।

वडाध्यक्ष कर्माचार्यले आफूले प्राविधिकलाई नकुटेको तर जनतालाई विभिन्न बहानामा दुःख नदिन जनताकै सामु भनेपछि प्राविधिकसँग आफ्नाे सामान्य विवाद भएको बताए।

'जनताको काम अड्काएर दुःख नदिन आग्रह गर्दै भौगोलिक विकटताका कारण दिननै माया मारेर आएका भूकम्पपीडित छन्, के गर्दा सहज हुन्छ गर्नुस् भनेको थिएँ। त्यतिकैमा उहाँले एउटा कागज ल्याउनुभयो र भन्नुभयो- यसमा सही गरिदिनुस्', घटनाकाे बारेमा बताउँदै अध्यक्ष कर्माचार्यले भने, 'हेर्दा त्यो हाजिरी प्रमाणित रहेछ, त्यही पनि खाली थियो।तपाईंले काम नगरेको दिनको म हाजिरी प्रमाणित गर्न सक्दिन, एकै दिन पुस, माघ, फागुन, चैतसम्मको हाजिर प्रमाणित गर्न मैले मिल्दैन भनेपछि उहाँले मलाई र शान्तेश्वरी हल्लाइदिन्छु भनेर हिँड्नुभयो।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आन्दोलनमा उत्रेका प्राविधिकले निकास ननिक्लिए ३१ जिल्लाकै काम ठप्प पारेर आन्दोलन गर्ने बताएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  १०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्