काठमाडौं- सरकारले ६ सय ६२ सहसचिवको समायोजन गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश-२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ६ सय ६२ सहसचिवलाई समायोजन गरिएको बताए। उनले ती सहसचिवको मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि समायोजन गरिएको बताए।
उनका अनुसार आवेदन दिएको आधारमा संघमा ५ सय ६० र प्रदेशमा १ सय २ सहसचिवको समायोजन गरिएको हो।
यसअघि सरकारले सचिव र ८ सय ४८ उपसचिवको समायोजन गरिसकेको छ। समायोजन गरिएका सहसचिवको समायोजनको पत्र तयार भइरहेको छ।
को कहाँ परे?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।