काठमाडौं- 'टिभिएस जुपिटर मिस टिन कलेज २०१७' को उपाधि १९ वर्षीया स्वाती श्रेष्ठले जितेकी छन्।
सिजन मिडियाले बिहीबार साँझ राजधानीमा गरेको प्रतिस्पर्धामा रिलायन्स कलेजमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत स्वातीले ताज पहिरिएकी हुन् । उनले विधागततर्फको ‘मिस मल्टीमिडिया'को अवार्ड पनि आफ्नो पोल्टामा पार्दै टिभिएस जुपिटर स्कुटर जितिन्।
विजेता स्वातीले प्रतियोगिताका प्रायोजक कलेजहरुमा छात्रवृत्तिका साथै नेपाल एयर होस्टेज एकेडेमीमा एयर होस्टेज तालिमको लागि ३५ हजार रुपैयाँको छात्रवृत्ति समेत पाइन्।
प्रतियोगितामा लुना प्रधान फस्ट रनरअप भइन् । उनले विधागततर्फ 'अर्गनाइजर च्वाइस अवार्ड' पनि पाइन् । यस्तै, दीक्षा थापा सेकेन्ड रनरअप हुँदै 'मिस पर्सनालिटी अवार्ड' समेत हात पार्न सफल भइन् । अनिता खड्का थर्ड रनरअप र सृर्पा महर्जन फोर्थ रनरअप भइन् । सृर्पाले बेस्ट स्टाइलिस अवार्ड पनि पाइन्।
विधागततर्फ रोइसा श्रेष्ठले ‘मिस ट्यालेन्ट’, रुपिना तामाङले ‘मिस पपुलर’, सोनी श्रेष्ठले 'मिस क्रिएटिभ' घोषित हुँदा सुस्मा कार्की 'मिस फ्रेन्डसिप', प्रकृति जिमा 'मिस फोटोजेनिक', सुचीता अधिकारी 'मिस हेल्दी स्माइल', अस्मिता भण्डारी 'मिस डिसिप्लिन', रेसु श्रेष्ठ 'भ्युअर्स च्वाइस' र प्रविना मर्हजन 'बेस्ट हेयर' को अवार्ड जिते।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।