काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा महेन्द्रनगर युनाइटेडमाथि रुपन्देही च्यालेन्जर्सले २ रनको रोमाञ्चक जित हात पारेको छ।
सोमबार धनगढीको फाप्ला मैदानमा भएको खेलमा रुपेन्देहीले दिएको १ सय १२ रनको झिनो लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो।
महेन्द्रनगरका लागि सुब्रमन्यु आनन्दले ३४ बलमा ३५ रन जोडेका थिए भने रोहितकुमार पौडेले २१ बलमा २४ रन जोडेका थिए। मोहमद नाबी १२ बलमा आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा रुपन्देहीका बिक्रम शोले ३ विकेट लिए। पुनित मेहराले २ विकेट लिए भने बसन्त रेग्मी, ललितसिंह भण्डारी र कृष्ण कार्कीले १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीको पनि राम्रो ब्याटिङ हुन सकेन। रुपन्देहीले २० ओभरमा १ सय ११ रनमा अलआउट भएको थियो। रुपेन्देहीका लागि सुमीत महर्जनले सबैभन्दा बढी २७ रन जोडे।
सन्दीप सुनारले १५, बाबर हायतले १४ र विनोद भण्डारीले १९ रन जोडे। विक्रम शोवले १० बलमा समान १–१ चौका र छक्का हिर्काउदै नटआउट १६ रन जोडे। बलिङमा ३ विकेट पनि लिएका शोव खेलको म्यान अफ दि म्याच भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।