• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

इमर्जेन्सी उपचारका अभियन्ता : जो ज्यान बचाउने सूत्र सिकाउन गाउँ पस्छन्

64x64
नेपाल लाइभ सोमबार, माघ २८, २०७५  १५:०५
1140x725

डा रमेश महर्जन हप्ताको ६ दिन चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को शिक्षण अस्पतालमा बिरामीको उपचार गर्छन्। शुक्रबार बेलुकी झिटिगुन्टा कसेर उपत्यकाबाट बाहिरिन्छन्। शनिबार दिउँसो स्थानीयलाई जम्मा गरेर हात जोड्दै भन्छन्– हजुरहरुले मलाई सहयोग गर्नुपर्‍यो!

इमर्जेन्सी मेडिसिनमा डिएम (पिएचडी) गरेको देशकै ठूलो अस्पतालको डाक्टर अनि आइओएमका एसोसिएट प्रोफेसरलाई के आपत आइलाग्यो र सहयोग माग्दैछन्? जम्मा भएकाहरु अचम्ममा पर्छन्। अरुको ध्यान आफूतिर आकृष्ट गर्न उनले बाँध्ने गरेको भूमिका हो यो। त्यसपछि सुनाउँछन्, कुनै दुर्घटनामा परेको मान्छेलाई तुरुन्तै प्राथमिक उपचार नगर्दा आफूले बचाउन मुश्किल परेका कुरा।

अस्पताल पुर्‍याउँदा अलिकति होसियारी नअपाउँदा ज्यानै गुमेको वा अशक्त भएको कहानी। र, सुनाउँछन् धेरै नेपालीलाई आफ्नो शरीरका अंगबारे आफैंलाई थाहा नहुँदा गलत अस्पतालमा पुर्‍याइने गरेका घटनाहरु। उदाहरण यस्ता छन्ः

–    ग्याँस्ट्राइटिसले छातीको मध्य भाग हुँडलिँदा ‘मुटु दुख्यो’ भनेपछि आफन्तले गंगलाल अस्पताल पुर्‍याउँछन्। चेकजाँच गर्दा केही भेटिँदैन। पैसा र समय बर्बाद हुन्छ।
–    बिरामीले ‘मिर्गौला दुख्यो’ भनेर डाक्टरलाई गुहार्छ। चेकजाँच गरिहेर्दा मिर्गौला त ठिक हुन्छ तर अन्डासय दुखिरहेको हुन्छ।

त्यसपछि उनी आफूले बनाएको ‘आपतका लागि आफत’ प्याकेजमा प्रवेश गर्छन्। आफत (एएफएटी) भनेको एडभान्स फस्ट एड ट्रेनिङ हो। जहाँ सामान्य चोटपटक लाग्दा कसरी प्राथमिक उपचार गर्नेदेखि ठूला दुर्घटनाका घाइतेलाई ‘थप क्षति’ नपुर्‍याई कसरी अस्पताल ल्याउने भन्नेसम्मको शिक्षा हुन्छ। 

‘आफत तालिम’ सुरक्षाकर्मी, एम्बुलेन्स चालक, समुदायको अगुवा र शिक्षकलाई केन्द्रमा राखेर दिइरहेका छन्। उनीहरुले आफ्ना समुदायका अरुलाई सिकाउँछन्। यो कामका लागि नेपाल डिजास्टर एन्ड इमर्जेन्सी मेडिसिन नामक गैरनाफामुखी संस्था खोलिएको छ। उनीलगायतको समूहले विगत ९ वर्षदेखि इमर्जेन्सीमा कसरी उपचार र उद्धार गर्ने भनेर सिकाइरहेको छ। 

इमर्जेन्सीमा आएका बिरामीको उपचार गरिरहँदा यहाँसम्म ल्याउने मान्छेमै अलिकति ज्ञान भएको भए बचाउन सकिन्थ्यो भन्ने उनलाई लागिरहन्छ। उद्धार गर्ने मान्छेले अलिकति होसियारी अपनाएको भए जीवनभर अशक्त हुनबाट जोगाउन सकिन्थ्यो कि भन्ने आशा उनमा जागिरहन्छ। हो, त्यही आशाले उनलाई गाउँसम्म पुर्‍याउँछ। इमर्जेन्सी उद्धारमा सरोकार रहने विभिन्न समूहसम्म डोर्‍याउँछ। 

Ncell 2
Ncell 2
nimb
nimb

डा महर्जनका लागि इमर्जेन्सी उपचार सेवा पेशा मात्रै होइन, त्यो भन्दा बढी अभियान हो। त्यसैले उनी यसैका बारेमा दिन–रात सोचिरहन सक्छन्। यसैमा निरन्तर खटिइरहन सक्छन्। उनलाई लाग्छ, ‘जब गरिरहेको काम कामजस्तै लाग्दैन। तब थकाइ भन्ने नै हुँदैन।’

इमर्जेन्सी उपचारसँगको उनको प्रेम र नाता बाल्यकालदेखि नै सुरु भएको हो। पछि त्यो झाँगिदै यही विषयको विशेषज्ञ बनाउने अवस्थासम्म पुग्यो। २०२७ सालमा पाटनको पिन्छेटोलमा जन्मिएका उनी ७–८ वर्षको हुँदा लडेर चोटग्रस्त भएका थिए।

त्यो समयमै उनको उपचार गर्ने कम्पाउन्डरले गहिरो छाप छाडे। केही हप्ता कम्पाउन्डर घाउ सफा गरेर औषधि हालेका देखेका उनी पछि आफैं त्यस्तै गर्र्न सक्ने भए। उनी अलि ठूलो भएपछिको घटना हो, खेतमा काम गर्ने क्रममा उनकी आमाको हात काटियो। त्यो समय आफैंले घाउ सफा गरेर ब्यान्डेज गर्दै अस्पताल लगेको उनलाई सम्झना छ। 

विश्व निकेतन स्कुल त्रिपुरेश्वरबाट एसएलसी दिएका उनी गणित विषयमा शतप्रतिशत अंक ल्याउँथे, झुकाव भने मेडिसिनतिर रह्यो। आर्मी कलेजमा आइएससी पढ्न पुगेका उनले एचएमा मेडिसिन बढी पढ्न पाइने भएपछि आइओएममा समेत प्रवेश परीक्षा दिए। एचएमा नाम निस्केपछि आइएससी छाडेर यतातिर लागेका हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आइएओएमबाट एचए पास गरेपछि उनले ललितपुरको गाउँ–गाउँ पुगेर उपचार सेवा दिए । त्यसपछि तीन वर्ष शिर मेमोरियल हस्पिटल, बनेपामा काम गरे। एचए भएर अनुभव हासिल गरेपछि आइओएममै एमबिबिएसका लागि प्रवेश परीक्षा दिए। आइओएमका १५औं ब्याचका एमबिबिएस विद्यार्थी हुन् उनी। 

एमबिबिएस पढ्दा पनि इमर्जेन्सी उपचारमा उनको बढी नै लगाव थियो। संयोगले एमबिबिएसपछि शिक्षण अस्पताल महाराजगञ्जकै इमर्जेन्सीमा काम गर्ने अवसर मिल्यो। मेडिकल अधिकृतका रुपमा इमर्जेन्सीमा काम गरिरहँदा उनलाई लागिसकेको थियो, ‘विशेषज्ञता हासिल गर्दा यही विषयमा गर्छु।’ 

पछि उनलाई एमडिजिपी पढ्ने अवसर जुर्‍यो। एमडिजिपी गरिसकेपछि पनि उनलाई आफूसँग ज्ञानको अभाव रहेको महसुस भइरह्यो। त्यही बीचमा यसबारे जान्ने र आफूले जानेको कुरा सिकाउने भन्दै चीन पुगे। ८ महिना त्यहाँ काम गरेपछि शिक्षण अस्पतालमै टिचिङ एसिस्टेन्टका रुपमा काम गर्न उनका गुरुहरुले अफर गरे।

उनी आफूले जानेको, सिकेको र सकेको  काम गरिरहेका थिए, तर यसमा थप ज्ञान जरुरी रहेको उनलाई लागिरहन्थ्यो। यही बीचमा वल्र्ड डिजास्टर एन्ड इमर्जेन्सी मेडिसिन सेन्टर अध्ययनका लागि अफर आयो। विश्वका पाँच जनामा उनी समेत छानिए। नेदरल्यान्ड पुगेर उक्त अध्ययन गरेपछि उनलाई लाग्यो, ‘इमर्जेन्सी मेडिसिनका लागि ज्ञानको संसार त बल्ल भेटियो।’

समुदायको सहयोगले मात्रै इमर्जेन्सीको उपचार सहज हुने महसुस पनि उनलाई त्यहीं भएको थियो। नेपालमा इमर्जेन्सी उपचारका लागि सहयोग बन्न सक्ने समाज निर्माणमा आफूलाई समाहित गर्ने कुरामा लाग्ने उनले फर्किदै गर्दा सोचे।

‘प्लेनमा नेपाल फर्किदै गर्दा नेपाल डिजास्टर एन्ड इमर्जेन्सी सेन्टर नामक संस्था खोलेर इमर्जेन्सी उपचारलाई अभियानका रुपमा अघि बढाउने जुक्ति फुरेको हो,’ उनी भन्छन्, ‘विश्व डिजास्टर एन्ड इमर्जेन्सी सेन्टर नामक संस्था थियो। विश्वको ठाउँमा नेपाल गरेर हामीले यहाँ काम गरिरहेका छौं।’

नेपाल फर्केपछि इमर्जेन्सी मेडिसिनमा रुची भएका साथीहरु जम्मा गरेर उनले यो संस्थालाई औपचारिकता दिए। गैरनाफामुखी संस्थाका रुपमा दर्ता यससँग जोडिनेको संख्या निरन्तर बढिरहेको छ। करुणा सेचेन लगायतका संस्थाहरुले यसलाई सहयोग गरिरहेका छन्।

उनले नेपालका विभिन्न समुदाय र ठाउँमा पुगेर आफूले जानेको ज्ञान सिकाउँदै गए । अहिले त लक्ष्य नै बनाए– एक घर एक फस्ट एडर । अहिले १२ जिल्लाका विभिन्न ठाउँमा उनी पुगिसकेका छन् र फस्ट एडर बनाइसकेका छन् । 

जर्मनी, अस्ट्रेलिया लगायतबाट इमर्जेन्सीबाट मेडिसिनबारे थप जानेपछि सन् २०११ मा आइओएममै उनलाई एउटा अवसर आयो। उनका अग्रजले भने, ‘इमर्जेन्सी मेडिसिनमा डिएम(पिएचडी सरह) पढाउन सुरु गर्न लागेका छौं। तपाईं पढाउने कि पढ्ने?’

उनलाई पढ्नु नै उपयुक्त लाग्यो। सन् २०११ देखि सन् २०१४ सम्म आइओएममै इमर्जेन्सी मेडिसिनमा डिएम गरे। आइएओएमका प्रोफेसरका साथै बेलायत, अस्ट्रेलिया, अमेरिकाका प्रोफेसरले पढाए भने जाँच क्यानडाका प्राफेसरले लिए। 

काम गर्दा, पढ्दा र पढाउँदा उनले उपचार हुनसक्ने बिरामीको मृत्यु घटनास्थलमा प्राथमिक उपचारबारे सामान्य ज्ञान भएको मान्छे नहुँदा भइरहेको देखे। कुल अस्पतालमा मर्नेहरुमध्ये ८ प्रतिशतको इमर्जेन्सीमा ज्यान जाने गरेको तथ्यांक छ। उनी भन्छन्, ‘इमर्जेन्सीमा ल्याएपछि बचाउने प्रयास गरिन्छ। तर, ढिलो भइसकेको हुन्छ। यदि उद्धार गर्ने मान्छे वा एम्बुलेन्स चालकसँग ज्ञान हुँदो हो त बचाउन सकिन्थ्यो भन्ने केस पनि धेरै आइरहेका हुन्छन्।’

उपकरणको सहायताले गर्ने र औषधि दिइनुपर्ने बाहेक गरिने उपचारका प्रक्रियामा डाक्टरले अपनाउने उपचार विधि अरुले पनि अपनाउन सक्ने उनले बुझेका छन्। भन्छन्, ‘सिपिआर गर्न सबैलाई सिकाइनुपर्छ। सामान्यता फस्ट एड तालिममा यो सिकाइँदैन।’

फस्ट एडका विषयमा हाम्रो समाज पहिलेदेखि नै जानकार रहेको उनी बताउँछन्। त्यसैलाई अहिलेको प्रविधि र शिक्षाले व्यवस्थित बनाएको बताउँदै उनी भन्छन्, ‘पटुका कस्ने, काम्रो बाँध्ने हाम्रो परम्परागत उपाय हो। त्यो अहिले पनि गरिन्छ। तर, स्रोत–साधन केही परिस्कृत छन्।’

समुदाय तहमा फस्ट एडका बारेमा सिकाउँदा हुने फाइदा अनगिन्ती देखेका छन्। बिरामीको सही तरिकाले उद्धार, आकस्मिक उपचार र संक्रमण न्यूनीकरणमा समेत फस्ट एड शिक्षाले ठूलो भूमिका खेल्ने उनको अनुभव छ।

एडभान्स लेभलको प्राथमिक उपचार सेवालाई सातै प्रदेशका गाउँहरुमा पुर्‍याउने उनको चाहना छ। सरकारले यसलाई व्यवस्थित गर्दै सबै ठाउँ पुर्‍याउन सघाओस् भन्ने उनको अपेक्षा हो। उनको अभियान त निरन्तर जारी नै छ र जारी रहन्छ। ‘एक घर, एक फस्ट एडर’ उनको लक्ष्य जो हो।

प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ?
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने
सम्बन्धित सामग्री
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने यसअघि लघु जलविद्युत् आयोजनामार्फत विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् आपूर्ति सुरु गरिएको... बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका... बुधबार, असोज २८, २०८३
विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन नउडाउन नागरिक उड्डयन प्राधिकरणको आग्रह प्राधिकरण अन्तर्गतको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गरी हवाई आवागमन हुने तथा विमान उडा... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
हटियामा राष्ट्रिय प्रसारण पुग्यो, किमाथांकामा पनि यसै वर्ष पुग्ने बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्